ne_tw/bible/kt/cross.md

4.6 KiB

क्रुस

परिभाषा:

बाइबलको समयमा क्रुस जमिनमा ठडाइएको काठको ठाडो खम्बा थियो जसको माथिल्लो भागनेर तेस्रो काठ तेर्साइएको हुन्थ्यो ।

  • रोमी साम्राज्यको समयमा रोमी सरकारले अपराधीहरूलाई क्रुसमा टाँगी तिनीहरूलाई त्यहीँ मर्न दिएर मृत्युदण्ड दिने गर्थ्यो ।
  • येशूलाई उहाँले गर्दै नगर्नुभएका अपराधहरूको झुटो मुद्दा लगाइयो । त्यसैले, रोमीहरूले उहाँलाई क्रुसमा मृत्युदण्ड दिए ।
  • यो क्रियापद “पार गर्नु” भन्दा बिलकुलै फरक शब्द हो जसको अर्थ हुन्छ‒ नदी वा तलाउको अर्कोपट्टि जानु ।

अनुवादका लागि सुझावहरूः

  • अनुवाद गरिएको भाषामा क्रुसको आकारलाई जनाउने शब्दद्वारा यसलाई अनुवाद गर्न सकिन्छ ।
  • “मृत्युदण्ड दिने खम्बा” वा “मृत्युको रुख” जस्ता पदावलीहरूको प्रयोग गरी मानिसहरूलाई मारिने वस्तुको रूपमा क्रुसलाई विचार गर्नुहोस् ।
  • स्थानीय वा राष्‍ट्रिय बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस् अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः क्रुसमा टाँग्‍नु, रोम, रोमी)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०१:१७
  • कलस्सी ०२:१३-१५
  • गलाती ०६:११-१३
  • यूहन्‍ना १९:१७-१८
  • लूका ०९:२३-२५
  • लूका २३:२६
  • मत्ती १०:३७-३९
  • फिलिप्पी ०२:५-८

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (४०-०१) सिपाहीहरूले येशूलाई गिल्ला गरेपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए । तिनीहरूले उहाँलाई टाँगिने क्रुस बोक्‍न लगाए ।
  • (४०-०२) सिपाहीहरूले येशूलाई “खप्परे” भनिने ठाउँमा ल्याए, र उहाँलाई क्रुसमा टाँगी उहाँका पाखुरा र पाउमा काँटी ठोके ।
  • (४०-०५) यहूदी अगुवाहरू र भिडमा भएका अन्य मानिसहरूले येशूलाई गिल्ला गरे । तिनीहरूले उहाँले भने, “यदि तिमी परमेश्‍वरका पुत्र हौ भने क्रुसबाट ओर्लेर आऊ र आफैलाई बचाऊ । तब हामी तिमीलाई विश्‍वास गर्नेछौँ ।”
  • (४९-१०) येशू क्रुसमा मर्नुहुँदा उहाँले तपाईंको दण्ड लिनुभयो ।
  • (४९-१२) येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ; उहाँ तपाईंको सट्टामा क्रुसमा मर्नुभयो र परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो भनी तपाईंले विश्‍वास गर्नुपर्छ ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G47160