ne_tw/bible/other/messenger.md

2.3 KiB
Raw Permalink Blame History

समाचारवाहक

तथ्यहरू:

समाचारवाहक” शब्दले अरूलाई सुनाउनको निम्ति सन्दे‍श दिइएको व्यक्त्तिलाई जनाउँछ ।

  • प्राचीन कालमा, के भइरहेको थियो सो बताउन युद्ध मैदानबाट समाचारवाहकलाई सहर पठाइन्थ्यो ।
  • स्वर्गदूत परमेश्‍वरले मानिसहरूलाई सन्देश दिन पठाउनुहुने विशेष प्रकारका समाचारवाहक हुन् । कतिपय अनुवादहरूमा “स्वर्गदूत” लाई “समाचारवाहक” भनेर अनुवाद गर्छन् ।
  • बप्‍तिस्मा दिने यूहन्‍नालाई मसीहको आगमनको घोषणा गर्न र उहाँलाई ग्रहण गर्न मानिसहरूलाई तयार पार्न येशूभन्दा अघि आउने समाचारवाहक भनियो ।
  • येशूका प्रेरितहरू अरू मानिसहरूकहाँ गएर परमेश्‍वरको राज्यको बारेमा सुसमाचार सुनाउने उहाँका समाचारवाहकहरू थिए ।

(यो पनि हेर्नुहोस्: स्वर्गदूत, प्रेरित, यूहन्‍ना (बप्‍तिस्मा दिने))

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1319, H4397, H4398, H5046, H5894, H6735, H6737, H7323, H7971, G00320, G06520