ne_tw/bible/other/lampstand.md

3.3 KiB
Raw Permalink Blame History

सामदान

परिभाषा:

बाइबलमा, "सामदान" शब्दले एउटा संरचनालाई बुझाउँछ जसमाथि कोठामा उज्यालो दिनको लागि बत्ती राखिन्छ ।

  • सामदान बत्तीको उज्यालो कोठाभरि पुग्‍न सक्‍ने अग्लो हुन्थ्यो ।
  • सामदान एउटा वा त्योभन्दा धेरै बत्तीहरू राख्‍न सकिने काठ वा धातुको बनाउन सकिन्थ्यो ।
  • सामान्तयाः बत्तीहरू माटोको बनाइन्थ्यो र मन्दिर जस्ता विशेष उद्देश्यहरूका निम्ति भने (पित्तल, चाँदी वा सुन जस्ता) धातुहरूबाट बनाइन्थ्यो ।
  • बत्तीहरू कचेरा आकारका र सलेदो अडाउनलाई एकपट्टि चोसो निस्केको हुन्थ्यो ।
  • यरूशलेमको मन्दिरमा एउटा विशेष सुनको सामदान थियो जसमा सातवटा बत्तीहरू राख्‍नको लागि सातवटा हाँगाहरू थिए ।

अनुवादका निम्ति सुझावहरूः

  • यो शब्दलाई "बत्ती राख्‍ने आधार" वा "बत्ती राख्‍ने संरचना" वा "बत्ती राख्‍ने ठाउँ" भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • मन्दिरको सामदानको लागि, यसलाई "सातवटा दीपस्तम्भ" वा "सातवटा बत्ती भएको सुनको आधार" भनेर अनुवाद गर्न सकिन्छ ।
  • अनुवाद गर्दा सान्दर्भिक बाइबल खण्डहरूमा साधारण सामदान र सातवटा हाँगा भएका सम्दानहरूको साधारण चित्रहरू समावेश गर्नु उपयुक्त हुन्छ ।

(यो पनि हेर्नुसो्: काँसो, सुन, बत्ती, ज्योति, चाँदी, मन्दिर)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H4501, G30870