ne_tw/bible/other/bronze.md

2.1 KiB
Raw Permalink Blame History

काँस

परिभाषा:

“काँस” शब्दले एक किसिमको धातुलाई जनाउँछ। तामा र टिनलाई सँगसँगै पगालेर यसको निर्माण गरिन्छ। यसको रङ गाढा खैरो र हल्का रातो हुन्छ।

  • काँसले पानीबाट खिया लाग्‍नदेखि रोक्छ, र यो तापको राम्रो परिचालक हो।
  • प्राचीन समयमा औजार, हतियार, कलाकृति, वेदी, पकाउने भाँडो र सिपाहीको कवच आदि बनाउनका लागि काँसको प्रयोग गरिन्थ्यो।
  • पवित्र वासस्थान र मन्दिरका लागि प्रयोग गरिएका थुप्रै सामग्रीहरू काँसबाट नै बनेका थिए।
  • झुटा देवताहरूका मूर्तिहरू अक्सर काँस धातुबाट नै बनाइन्थे।
  • पहिले काँसलाई पगालिन्थ्यो, अनि यसलाई कुनै आकृतिमा परिणत गरी काँसका वस्तुहरू बनाइन्थे।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: कवच, पवित्रवास्थान, मन्दिर)

​बाइबलका सन्दर्भहरू:

  • १ राजा ७:१६
  • १ शमूएल १७:३७-३८
  • दानिएल २:४४-४५
  • प्रस्थान २५:३-७
  • प्रकाश १:१५

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H5153, H5154, H5174, H5178, G54700, G54740, G54750