ne_tw/bible/other/incense.md

2.8 KiB
Raw Permalink Blame History

धूप

परिभाषा:

“धूप” ले मिठो बास्‍ना उत्पन्‍न गर्नलाई बालिएका सुगन्धित मसलाहरूको समिश्रणलाई जनाउँछ ।

  • परमेश्‍वरले उहाँलाई भेटीस्वरूप धूप बाल्न इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
  • परमेश्‍वरले निर्देशन गर्नुभएमुताबिक नै उही मात्रामा पाँच विशेष किसिमका अत्तरलाई मिसाई धूप बनाउनुपर्थ्यो । यो पवित्र धूप थियो, त्यसैले यसलाई अन्य कुनै पनि उद्देश्यको निम्ति प्रयोग गर्न अनुमति थिएन ।
  • “धूपको वेदी” विशेष किसिमको वेदी थियो जसलाई धूप बाल्नको निम्ति मात्र प्रयोग गरिन्थ्यो ।
  • दिनमा कम्‍तीमा चार पटक प्रार्थनाको हरेक समयमा धूप बाल्ने गरिन्थ्यो । हरेक पटक होमबलि चढाउँदा पनि धूप बाल्ने गरिन्थ्यो ।
  • धूप बाल्ने कामले परमेश्‍वरका मानिसहरूद्वारा चढाइएका प्रार्थना र आराधना माथि उहाँकहाँ गइरहेको कुरालाई दर्शाउँछ ।
  • “धूप” लाई “सुगन्धित मसलाहरू” वा “मिठो बास्‍ना आउने बिरुवाहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः धूपको वेदी, होमबलि, सुगन्दित मसला)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2553, H3828, H4196, H4289, H5208, H6988, H6999, H7002, H7004, H7381, G23680, G23690, G23700, G23790, G30310