ne_tw/bible/other/burntoffering.md

1.9 KiB
Raw Permalink Blame History

होमबलि, आगोद्वारा चढाइने बलि

परिभाषा:

“होमबलि” परमेश्‍वरलाई चढाइने एक किसिमको बलि थियो, जसलाई वेदीमा आगोले जलाइन्थ्यो। मानिसहरूका पापको प्रायश्‍चित्तको लागि यो बलिदान चढाइन्थ्यो। यसलाई “आगोद्वारा चढाइने बलि” पनि भनिन्थ्यो।

  • यस बलिदानको लागि प्रयोग गरिएका जनावरहरू साधारणतया भेडाहरू वा बाख्राहरू हुन्थे, तर गोरूहरू वा चराचुरूङ्गी पनि प्रयोग गरिन्थे।
  • यस बलिदानमा छालाबाहेक सम्पूर्ण जनावरलाई जलाइन्थ्यो। छालाचाहिँ पूजाहारीलाई दिइन्थ्यो।
  • परमेश्‍वरले यहूदीहरूलाई दैनिक दुई पटक होमबलि चढाउन आज्ञा दिनुभयो।

(यो पनि हेर्नुहोस्: वेदी, प्रायश्‍चित, गोरू, पूजाहारी, बलिदान)

​बाइबलका सन्दर्भहरू:

  • प्रस्थान ४०:५-७
  • उत्पत्ती ८:२०
  • उत्पत्ती २२:१-३
  • लेवी ३:५
  • मर्कूस १२:३३

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0801, H5930, H7133, H8548, G36460