ne_tw/bible/other/exult.md

2.2 KiB
Raw Permalink Blame History

उल्लसित हुनु, उल्लसित

परिभाषा:

"उल्लसित हुनु," "उल्लसित"ले कुनै सफलता वा विशेष आशिष्‌को कारणले अ्तयन्त खुसी हुने अवस्थालाई जनाउँछन् ।

  • “उल्लसित हुनु” मा कुनै अद्‌भुत कुरोको उत्सव मनाउने भाव पर्छ ।
  • कुनै व्यक्‍ति परमेश्‍वरको भलाइमा उल्लसित हुन सक्छ ।
  • “उल्लसित” ले सफलता वा समृद्धिमा कसैको खुसीको अनुभूतिमा अभिमानी हुने कुरो पनि पर्छ ।
  • “उल्लसित हुनु” लाई “आनन्दपूर्वक उत्सव मनाउनु” वा “बडो आनन्दसाथ प्रशंसा गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार “उल्लसित” लाई “विजयपूर्वक प्रशंसा गर्ने” वा “आत्म प्रशंसासाथ उत्सव मनाउने” वा “अहंकारी” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: अहंकारी, आनन्द, प्रशंसा, आनन्द मान्‍नु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H5539, H5947, H5970