ne_tw/bible/other/joy.md

9.3 KiB
Raw Permalink Blame History

आनन्द, आनन्दित, खुशी

परिभाषा:

आनन्द परमेश्‍वरबाट आउने हर्ष वा गहन सन्तुष्‍टिको अनुभूति हो। सम्बन्धित शब्द “आनन्दित” ले त्यस्तो व्यक्‍तिको बयान गर्दछ जसले ज्यादै खुसी र गहन प्रसन्‍नताको भरपुरलाई महसुस गरेको हुन्छ।

  • एउटा व्यक्‍तिले ज्यादै राम्रो कुरो अनुभव गरिरहेको बेलामा उसले आनन्दको महसुस गर्छ।
  • परमेश्‍वरले नै मानिसहरूलाई साँचो आनन्द दिनुहुन्छ।
  • आनन्द प्राप्‍त गर्ने कुरो रमाइला परिस्थितिहरूमा आश्रित हुँदैनन्। मानिसहरूका जीवनमा निकै कठिन कुराहरू आइपर्दा पनि परमेश्‍वरले तिनीहरूलाई आनन्द दिन सक्‍नुहुन्छ।
  • कहिले काहीँ घर वा सहरजस्ता ठाउँहरूलाई पनि आनन्दमय भनी बयान गरिन्छ। यसको अर्थ हुन्छ, कि त्यहाँ बस्‍ने मानिसहरूले आनन्दको महसुस गरेका हुन्छन्।

अनुवादका लागि सुझावहरूः

  • शब्द “आनन्द” लाई “प्रसन्‍नता” वा “हर्ष” वा “बडो खुसी” भनी अनुवाद गर्न सकिन्छ।
  • पदावली “आनन्दित होओ” लाई “रमाओ” वा “खुसी होओ” वा “परमेश्‍वरको भलाइमा ज्यादै खुसी होओ” भनी अनुवाद गर्न सकिन्छ।
  • आनन्दित व्यक्‍तिलाई “ज्यादै खुसी भएको” वा “रमाएको” वा “ज्यादै प्रसन्‍न भएको” भनेर बयान गर्न सकिन्छ।
  • पदावली “आनन्दले कराओ” लाई “तपाईं यसरी कराउनुहोस् कि तपाईं खुसी हुनुभएको देखियोस्” भनी अनुवाद गर्न सकिन्छ।
  • “आनन्दित सहर” वा “आनन्दित घर” लाई “आनन्दित मानिसहरू बस्‍ने सहर” वा “आनन्दित मानिसहरूले भरिपूर्ण घर” वा “त्यो सहर जहाँका मानिसहरू निकै खुसी छन्” भनी अनुवाद गर्न सकिन्छ। (हेर्नुहोस्ः लक्षणा)

(हेर्नुहोस्ः आनन्द गर)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी १:६-७
  • ३ यूहन्‍ना १:१-४
  • गलाती ५:२२-२४
  • यशैया ५६:६-७
  • याकूब १:१-३
  • यर्मिया १५:१५-१६
  • मत्ती २:९-१०
  • नहेम्याह ८:९-१०
  • फिलेमोन १:४-७
  • भजनसंग्रह ४८:१-३
  • रोमी १५:३०-३२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ३३ः७ “चट्टानले बनेको जमिन त्यो व्यक्‍ति हो जसले परमेश्‍वरको वचन सुन्छ र त्यसलाई आनन्दसाथ स्वीकार गर्छ।”
  • ३४ः४ “परमेश्‍वरको राज्य कसैले खेतमा लुकाएर राखेको गाडधनजस्तो हो। अर्को मानिसले त्यस गाडधानलाई फेला पारी त्यसलाई फेरि गाड्यो। त्यो आनन्दले भरियो र आफूसित भएको हरेक थोक बेचेर त्यस खेतलाई किन्‍न सबै रुपियाँ-पैसा लगानी गर्‍यो।”
  • ४१ः७ स्‍त्रीहरू डर र बडो आनन्दले भरिए। चेलाहरूलाई शुभ खबर बताउन तिनीहरू दौडेर गए।

​आनन्‍द

"आनन्द" शब्दले आनन्द वा गहिरो सन्तुष्टिको भावनालाई बुझाउँछ। सम्बन्धित शब्द "आनन्दित" एक व्यक्तिलाई वर्णन गर्दछ जसले धेरै खुसी महसुस गर्छ र गहिरो आनन्दले भरिएको हुन्छ।

आफूले भोगिरहेको कुरा धेरै राम्रो छ भन्‍ने गहिरो भावना हुँदा मानिसले आनन्द महसुस गर्छ।

मानिसहरूलाई साँचो आनन्द दिनुहुने परमेश्‍वर हुनुहुन्छ।

आनन्दित हुनु सुखद परिस्थितिमा भर पर्दैन। तिनीहरूको जीवनमा धेरै कठिन चीजहरू भइरहेका बेला पनि परमेश्‍वरले मानिसहरूलाई आनन्द दिन सक्नुहुन्छ।

कहिलेकाहीँ ठाउँहरूलाई रमाइलोको रूपमा वर्णन गरिन्छ, जस्तै घर वा शहरहरू। यसको मतलब त्यहाँ बस्‍ने मानिसहरू आनन्दित छन्।

​आनन्‍द

"आनन्द" शब्दको अर्थ आनन्द र आनन्दले भरिएको हो।

यो शब्दले प्रायः परमेश्‍वरले गर्नुभएका असल कामहरूमा खुसी हुनुलाई जनाउँछ।

यसलाई "धेरै खुसी हुनुहोस्" वा "धेरै खुशी हुनुहोस्" वा "आनन्दले भरिनुहोस्" भनेर अनुवाद गर्न सकिन्छ।

जब मरियमले भनिन् "मेरो आत्मा मेरो मुक्तिदाता परमेश्‍वरमा रमाउँछ," उनको अर्थ थियो "मेरो मुक्तिदाताले मलाई धेरै खुसी तुल्याउनुभएको छ" वा "मेरो मुक्तिदाताले मेरो लागि गरेको कामको कारण म धेरै आनन्दित छु।"

​बाइबलका कथाहरूबाट उदाहरणहरू:

३३:७ पत्थरको जमिन भनेको त्यो मानिस हो जसले परमेश्‍वरको वचन सुन्छ र खुशीसाथ ग्रहण गर्छ।"

३४:४ परमेश्‍वरको राज्य पनि लुकेको खजानाजस्तै हो जुन कसैले खेतमा लुकाएर राखेको थियो। अर्को मानिसले त्यो खजाना भेट्टायो र फेरि गाड्यो। तिनी यति खुसीले भरिए कि गएर आफूसँग भएका सबै थोक बेचेर त्यो खेत किन्‍न पैसा प्रयोग गरे।”

४१:७ स्त्रीहरू डर र ठूलो आनन्दले भरिएका थिए। तिनीहरू चेलाहरूलाई सुसमाचार सुनाउन दौडे।

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1523, H1524, H1525, H2302, H2304, H2305, H2654, H2898, H4885, H5937, H5947, H5965, H5970, H6342, H6670, H7440, H7442, H7444, H7445, H7797, H7832, H8055, H8056, H8057, H8342, H8643, G00200, G00210, G21650, G21670, G27440, G46400, G47960, G49130, G54630, G54790