ne_tw/bible/other/praise.md

4.6 KiB
Raw Permalink Blame History

प्रशंसा, प्रशंसा गरिएको, प्रशंसाको योग्य

परिभाषा:

कसैको प्रशंसा गर्नु भनेको त्यो व्‍यक्‍तिको तारिफ र सम्मान व्यक्‍त गर्नु हो।

  • उहाँ कत्ति महान् हुनुहुन्छ र संसारको सृष्टिकर्ता र मुक्तिदाताको रूपमा उहाँले गर्नुभएका सबै अचम्मका कामहरूको कारणले गर्दा मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्छन्।
  • परमेश्‍वरको प्रशंसामा प्रायः उहाँले गर्नुभएको कामको लागि कृतज्ञ हुनु पनि समावेश छ।
  • संगीत र गायन प्रायः परमेश्‍वरको प्रशंसा गर्ने तरिकाको रूपमा प्रयोग गरिन्छ।
  • परमेश्‍वरको प्रशंसा गर्नु भनेको उहाँको आराधना गर्नुको अर्थ हो।
  • "प्रशंसा" भन्‍ने शब्दलाई "राम्रो कुरा गर्नु" वा "शब्दहरूमा उच्च सम्मान" वा "राम्रा कुराहरू भन्‍नु " भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • नाम "प्रशंसा" लाई "बोलिएको सम्मान" वा "सम्मान दिने भाषण" वा "राम्रा कुराहरू बोल्ने" भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्ः आराधना)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित २:४६-४७
  • प्रेरित १३:४८-४९
  • उत्पत्ती ४९:८
  • याकूब ३:९-१०
  • यूहन्‍ना ५:४१-४२
  • लूका १:४६-४७
  • लूका १९:३७-३८
  • मत्ती ११:२५-२७
  • मत्ती १५:२९-३१

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • १२ः१३ इस्राएलीहरूले तिनीहरूका नयाँ स्वतन्‍त्रताको उत्सव मनाउन र परमेश्‍वरको प्रशंसा गर्नलाई धेरै भजनहरू गाए, किनभने उहाँले तिनीहरूलाई मिश्री सेनाहरूदेखि बचाउनुभएको थियो।
  • १७ः८ जब दाऊदले यो कुरा सुने, उनले परमेश्‍वरलाई तत्कालै धन्यवाद दिए, किनभने उहाँले दाऊदलाई यति महान् सम्मान र धेरै आशिष्‌हरू प्रतिज्ञा गर्नुभएको थियो।
  • २२ः७ जकरियाले भने, “परमेश्‍वरको स्तुति होस्, किनभने उहाँले उहाँका मानिसहरूलाई सम्झनुभएको छ।”
  • ४३ः१३ तिनीहरूले (चेलाहरूले) सँगसँगै परमेश्‍वरको प्रशंसा गर्नमा आनन्द मनाए, र तिनीहरूसँग भएका सबै कुरा बाँड्चुँड गरे।
  • ४७ः८ तिनीहरूले पावल र सिलासलाई झ्यालखानाको सबैभन्दा सुरक्षित ठाउँमा राखे, र तिनीहरूका खुट्टाहरू पनि बाँधे। तैपनि मध्ये रातमा, तिनीहरूले गाउँदै परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1319, H7121, H8416, G29800, G38530