ne_tw/bible/other/desolate.md

3.6 KiB
Raw Permalink Blame History

उजाड, निर्जन, एक्लो, छोडिएको

परिभाषा:

“उजाड” र “निर्जन” शब्दले बसोबास भइरहेको क्षेत्रलाई नष्‍ट गरेर उजाड बनाउने कुरोलाई जनाउँछ ।

  • यसले व्यक्तिलाई जनाउँदा बर्बाद भएको, एक्लोपन, वा शोकको अवस्थालाई जनाउँछ ।
  • बालीनाली उत्पादन भइरहेको जग्‍गालाई उजाड पारियो भने कुनै किराफट्याङ्ग्रा वा आक्रमण गर्ने सेनाले यसलाई नष्‍ट परेका छन् भन्‍ने अर्थ लाग्‍छ ।
  • “उजाड क्षेत्र”ले थोरै मानिसहरू बस्‍ने क्षेत्रलाई बुझाउँछ किनकि त्यहाँ थोरै अन्‍नपातहरू फल्छन् र रुखबिरुवा बढ्छन् ।
  • “उजाड जमिन” वा “उजाड-स्थान” मा समाजबाट बाहिष्कार गरिएका (जस्तैः कुष्‍टरोगीहरू) र डरलाग्दा जनावरहरू बस्‍ने गर्थे ।
  • कुनै सहरलाई “उजाड बनाउनु” भन्‍नाले त्यसका भवनहरू र सरसामानहरूलाई नष्‍ट गर्नु वा चोरी गर्नु, त्यहाँका बासिन्दाहरूलाई मार्नु वा कब्जा गर्नु भन्‍ने अर्थ लाग्छ । यसकारण, त्यो सहर “रित्तो” र “भग्‍नावशेष” हुन्छ । यसको अर्थ "विध्वंश पार्नु" वा "विध्वांश पारिएको"सँग मेल खान्छ, तर रित्तोपनमा बढी जोड दिनुपर्छ ।
  • सन्दर्भअनुसार यसलाई “भग्‍नावशेष भएको” वा “नष्‍ट गरिएको” वा “खेर फालिएको” वा “एकलो र बहिस्कृत” वा "त्यागिएको" भनेर अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: उजाड-स्थान, विध्‍वंश गर्नु, नष्ट पार्नु, बर्बाद पार्नु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0490, H0816, H0910, H1565, H2717, H2720, H2721, H2723, H3173, H3341, H3456, H3582, H4875, H4923, H5352, H5800, H7582, H7701, H7722, H8047, H8074, H8076, H8077, G20480, G20490, G20500, G34430