ne_tw/bible/other/avenge.md

5.0 KiB
Raw Permalink Blame History

बदला लिनु, बदला लिने, प्रतिशोध लिनु, प्रतिशोध

परिभाषा:

“बदला लिनु” वा “प्रतिशोध लिनु” वा "बदला चुकाउनु" भनेको कसैले चोट पुर्‍याएको कारणले उसलाई पनि चोट पुर्‍याउन दण्ड दिनु हो । बदला लिने वा बदला चुकाउने काम नै “प्रतिशोध” हो ।

  • सामान्यतयाः “बदला”ले न्याय गर्ने इरादा वा गलतलाई ठिक गर्ननु भन्‍ने आशय दिन्छ ।
  • “बदला लिनु” वा “प्रतिशोध लिनु”ले मानिसहरूलाई जनाउँदा सामान्यतयाः हानि पुर्‍याउने व्यक्‍तिकहाँ फर्कने चाहना सामेल हुन्छ ।
  • परमेश्‍वरले “बदला लिनुहुँदा” वा "बदला चुक्ता गर्नुहुँदा" उहाँले धार्मिकतामा त्यसो गर्नुहुन्छ, किनकि उहाँले पाप र विद्रोहलाई दण्ड दिँदै हुनुहुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

(यो पनि हेर्नुहोस्ः दण्ड दिनु, न्याय, धर्मी, धार्मिकता, अन्य)

बाइबलका सन्दर्भहरूः

  • १ शमूएल २४:१२-१३
  • प्रेरित ७:२२-२५
  • इजकिएल २५:१५-१७
  • यशैया ४७:३-५
  • लेवी १९:१७-१८
  • भजनसंग्रह १८:४६-४७
  • रोमी १२:१९-२१

शब्द तथ्याङ्कः

 स्ट्रोंग्स H1350, H3467, H5358, H5359, H5360, H8199, G15560, G15570, G15580, G37090

अनुवादका निम्ति सुझावहरूः

  • “बदला लिनु” लाई “गलतलाई ठिक पार्नु" वा “का निम्ति न्याय गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • "बदला लिनु"ले मानवजातिलाई जनाउँदा यसलाई "चुक्ता गर्नु" वा "दण्ड दिनलाई चोट पुर्‍याउनु" वा "तर्फ फर्कनु" भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार “बदला” लाई “दण्ड” वा “पापको दण्ड” वा “गलत कामको भुक्‍तानी” भनी अनुवाद गर्न सकिन्छ । यदि “प्रतिकार” शब्दको प्रयोग गरिएको छ भने यो मानवजातिको लागि मात्र प्रयोग गरिन्छ ।
  • परमेश्‍वरले “बदला लिनेछु” भन्‍नुहुँदा यसलाई “मेरो विरूद्धमा गरेका गलत कामहरूका निम्ति तिनीहरूलाई दण्ड दिनेछु” वा “तिनीहरूले मेरो विरुद्धमा पाप गरेकाले तिनीहरूमाथि खराबी ल्याउनेछु” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरको बदलालाई उल्लेख गर्दा पापको दण्डको लागि परमेश्‍वर सही हुनुहुन्छ भन्‍ने कुरोलाई प्रष्ट पार्नुहोस् ।

(यो पनि हेर्नुहोस्: दण्ड दिनु, न्याय, धार्मी)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H1350, H3467, H5358, H5359, H5360, H8199, G15560, G15570, G15580, G37090