ne_tw/bible/kt/righteous.md

10 KiB

धर्मी, धार्मिकता

परिभाषा:

“धर्मी” र “धार्मिकता” ले परमेश्‍वरको पूर्ण भलाइ, न्याय, विश्‍वासयोग्यता र प्रेमलाई जनाउछ । परमेश्‍वर धर्मी हुनुभएको हुनाले, उहाँले पापको निन्दा गर्नुपर्छ ।

  • प्रायः यो शब्द परमेश्‍वरको आज्ञा पालन गर्ने र नैतिक रूपमा असल व्‍यक्‍तिलाई दर्शाउन प्रयोग गरिन्छ । तैपनि सबै मानिसहरूले पाप गरेका छन्, र परमेश्‍वर बाहेक कोही पनि पूर्ण रुपमा धर्मी छैनन् ।
  • बाइबलले “धर्मी” भनेको व्यक्‍तिहरूका उदाहरणहरूमा, नोआ, अय्यूब, अब्राहाम, जकरिया, र एलीशिबा हुन् ।
  • जब मानिसहरूले तिनीहरूलाई बचाउनलाई येशूमा भरोसा गर्छन्, तब परमेश्‍वरले तिनीहरूलाई पापहरूबाट शुद्ध पार्नुहुन्छ, र येशूको धार्मिकताको आधारमा तिनीहरू धर्मी भएको घोषणा गर्नुहुन्छ ।

"अधर्मी" शब्‍दको अर्थ पापी र नैतिक रूपमा भ्रष्‍ट हुनु हो। "अधर्म" ले पाप वा पापी हुनुको अवस्‍थालाई बुझाउँछ।

  • यी शब्‍दहरूले विशेष गरी परमेश्‍वरको शिक्षा र आज्ञाहरू नमान्‍ने तरिकामा जिवन बिताउन कुरालाई जनाउँछ।
  • अधर्मी मानिसहरी आफ्‍नो विचार र कार्यमा अनैतिक हुन्‍छन्।
  • कहिलेकाहिँ "अधर्मी" ले येशूमा विश्‍वास नगर्ने मानिसहरूलाई बुझाउँछ।

"उचित" र "सीधापन" शब्‍दहरूले परमेश्‍वरको नियमहरू पछ्याउने तरिकामा काम गर्नुलाई बुझाँउछ।

  • यी शब्‍दहरूको अर्थमा सीधा उभिने र सीधा अगाडि हेर्ने विचार समावेश छ।
  • "सोझा" व्‍यक्‍ति भनेको परमेश्‍वरको नियमहरू पालन गर्ने र उहाँको इच्‍छाविपरीत काम नगर्ने व्‍यक्‍ति हो।
  • "निष्‍ठा" र "धर्मी" जस्‍ता शब्‍दहरू समान अर्थ हुन्‍छन् र कहिलेकाहिँ समानान्‍तरता निर्नांहरूमा प्रयोग गरिन्‍छ, जस्‍तै "निष्‍ठा र ईमानदारी" (हर्नुहोस्ः समानांतर)

अनुवादका निम्ति सुझावहरूः

  • “धर्मी” शब्दले परमेश्‍वरलाई जनाउन प्रयोग गर्दा यसलाई “पूर्ण रुपमा असल र न्यायी” वा “सदैव सही ढङ्गले कार्य गर्नुहुने” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “परमेश्‍वरको धार्मिकता” लाई “पूर्ण विश्‍वासयोग्य र भलो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “धर्मी” शब्द परमेश्‍वरप्रति आज्ञाकारी मानिसहरूलाई जनाउन प्रयोग गर्दा यसलाई “नैतिक रुपमा असल” वा “” न्यायी” वा “परमेश्‍वरलाई प्रशन्‍न तुल्याउने जीवन जिउने” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “धर्मी” लाई “धर्मी मानिस” वा “परमेश्‍वरको भय मान्‍ने मानिस” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार “धार्मिकता” लाई “भलाइ” वा “परमेश्‍वरको सामु सिद्ध भएको” वा “परमेश्‍वरको आज्ञापालनद्वारा सही ढङ्गले काम गर्ने” वा “सिद्ध रूपमा असल गर्ने” अर्थ लाग्‍ने कुनै पनि शब्दहरूमा अनुवाद गर्न सकिन्छ ।
  • "अधर्मी" शब्‍दलाई "धर्मी होइन" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • सन्‍दर्भमा निर्भर गर्दै, यसलाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "दुष्‍ट" वा "अनैतिक" वा "परमेश्‍वरको विरुद्धमा विद्रोह र्ने मानिसहरू" वा "पापी" समावेश हुन सक्‍छ।
  • "अधर्मी" वा क्‍यांशलाई "अधर्मी मानिसहरू भनेर अनुवाद गर्न सकिन्‍छ।
  • "अधर्म" शब्‍दलाई "पाप" वा "खराब विचार र कार्यहरू" वा "दुष्‍टता" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • सम्‍भव भएमा, यसलाई "धर्मी, धार्मिकता" सँगको सम्‍बन्‍ध देखाउने तरिकामा अनुवाद गर्नु उत्तम हुन्‍छ।
  • "सोझो" लाई अनुवाद गर्ने तरिकाहरूमा "सहि काम गर्ने" वा "सहि काम गर्ने" वा "परमेश्‍वरका नियमहरू पछ्याउने" वा "परमेश्‍वरको आज्ञाकारी" वा "सहि तरिकामा व्‍यवहार गर्ने" समावेश हुन सक्‍छ।
  • "सोझोपना" शब्‍दलाई "नैतिक शुद्धता" वा "असल नैतिक आचरण" वा "सत्‍यता भनेर अनुवाद गर्न सकिन्‍छ।
  • "सोझा" वाक्‍यांशलाई "मानिसहरू जो सोझा छन्"  वा "सोझो मानिसहरू" भनेर अनुवाद गर्न सकिन्‍छ।

(हेर्नुहोस्ः असल, भलाइ, पवित्र, पवित्रता, खराब, दुष्‍ट, दुष्‍टता, न्यायी, न्याय, न्यायपूर्वक, विश्‍वासयोग्‍य, विश्‍वासयोग्‍यता)

बाइबलका खण्डहरूः

  • व्‍यवस्‍था १९ः१६
  • अय्‍यूब १ः८
  • भजनसंग्रह ३७ः३०
  • भजनसंग्रह  ४९ः१४
  • भजनसंग्रह  १०७ः४२
  • उपदेशक १२ः१०-११
  • यशैया ४८ः१-२
  • इजकिएल ३३ः१३
  • मलाकी २ः६
  • मत्ति ६ः१
  • प्रेरित ३ः१३-१४
  • रोमि १ः२९-३१
  • १ कोरिन्‍थी ६ः९
  • गलाती ३ः७
  • कलस्‍सी ३ः२५
  • २ थेसलोनिकी २ः१०
  • २ तिमिथी ३ः१६
  • १ पत्रुस ३ः१८-१९
  • १ यूहन्‍ना १ः९
  • १ यूहन्‍ना ५ः१६-१७

बइबलका कथाहरूबाट उदहरणहरूः

  • (०३-०२) तर नोआले परमेश्‍वरको कृपा पाए । ऊ दुष्‍ट मानिसहरूका बिच बसोवास गरिरहेका एक धर्मी मानिस थिए ।
  • (०४-०८) परमेश्‍वरले अब्राहामलाई धर्मी घोषणा गर्नुभयो, किनभने उनले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे ।
  • (१७-०२) दाऊद परमेश्‍वरमा भरोसा गर्ने र उहाँको आज्ञा पालन गर्ने एक नम्र र धर्मी मानिस थिए ।
  • (२३-०१) मरियमको मगनी भएका मानिस योसेफ एक धर्मी मानिस थिए ।
  • (५०-१०) तब धर्मीजन तिनीहरूका पिताको राज्यमा सुर्यझैँ चम्कने छन् ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0205, H1368, H2555, H3072, H3474, H3476, H3477, H3483, H4334, H4339, H4749, H5228, H5229, H5324, H5765, H5766, H5767, H5977, H6662, H6663, H6664, H6665, H6666, H6968, H8535, H8537, H8549, H8552, G00930, G00940, G04580, G13410, G13420, G13430, G13440, G13450, G13460, G21180, G37160, G37170