ne_tw/bible/names/johntheapostle.md

5.3 KiB
Raw Permalink Blame History

यूहन्‍ना (प्रेरित)

तथ्यहरूः

यूहन्‍ना येशूका बाह्र जना चेलाहरूमध्ये एक थिए र तिनी येशूका नजिकका चेलाहरूमध्ये पनि एक थिए ।

  • यूहन्‍ना र तिनका दाजु याकूब मछुवा जब्दियाका छोराहरू थिए ।
  • उनले येशूको जीवनको बारेमा लेखेको सुसमाचारमा, यूहन्‍नाले आफूलाई "येशूले प्रेम गर्ने चेला" भनी उल्‍लेख गरेका छन् । यसले यूहन्‍ना येशूको विशेष घनिष्‍ट मित्र थिए भन्‍ने कुराको संकेत गर्छ ।
  • प्रेरित यूहन्‍नाले नयाँ करारका पाचँ वटा पुस्तकहरू लेखेः यूहन्‍नाको सुसमाचार, येशू ख्रिष्‍टको प्रकाश, र अन्‍य विश्‍वासीहरूलाई लेखिएका तीन पत्रहरू ।
  • यूहन्‍ना बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा फरक व्यक्‍ति थिए भन्‍ने ख्याल गर्नुहोस् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, प्रकट गर्नु, याकूब(जब्दियाका छोरो), (बप्‍तिस्मा दिने) यूहन्‍ना, जब्दिया)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ३६ः१ एक दिन येशूले आफ्ना तीन जना चेलाहरू पत्रुस, याकूब र __यूहन्ना__लाई आफूसँगै लैजानुभयो । (यूहन्‍ना नाउँ गरेका चेला र येशूलाई बप्‍तिस्मा दिने व्यक्‍ति उही होइनन् । ) तिनीहरू आफै उच्‍च पहाडमा उक्ले ।
  • ४४ः१ एक दिन पत्रुस र यूहन्‍ना मन्दिरतिर जाँदै थिए । तिनीहरू मन्दिरको ढोकामा नजिकिँदै गर्दा तिनीहरूले एक जना लङ्गडो मानिसलाई देखे जसले रुपियाँ-पैसा माग्दै थियो ।
  • ४४ः६ पत्रुस र __यूहन्ना__ले भनेका कुराहरू सुनेर मन्दिरका अगुवाहरू निकै दुःखित भए । त्यसैले, उनीहरूले तिनीहरूलाई पक्राउ गरी झ्यालखानमा हालिदिए ।
  • ४४ः७ अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र __यूहन्ना__लाई प्रधान पूजाहारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए । तिनीहरूले पत्रुस र __यूहन्ना__लाई सोधे, “तिमीहरूले कुनचाहिँ शक्‍तिले यो लङ्गडो मानिसलाई निको पार्‍यौ?”
  • ४४ः९ पत्रुस र यूहन्‍ना साधारण र अशिक्षित भए तापनि तिनीहरूले साहसपूर्वक बोलेको देखेर अगुवाहरू छक्‍क परे । तर यी मानिसहरू येशूसितै थिए भन्‍ने तिनीहरूले सम्झे । तिनीहरूले पत्रुस र __यूहन्ना__लाई धम्काएपछि तिनीहरूलाई जान दिए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G24910