ne_tw/bible/kt/reveal.md

4.2 KiB

प्रकट गर्नु, प्रकाश

परिभाषा:

“प्रकट गर्नु” भनेको कुनै थोकलाई परिचित गराउनु हो ।” प्रकाश” भनेको कुनै परिचित गराइएको थोक हो ।

  • प्रायः बाइबलमा “प्रकट गर्नु” भन्‍ने शब्द परमेश्‍वरले आफैँलाई मानिसहरूकहाँ कसरी परिचित गराउनु भयो भन्‍ने कुरालाई बताउन प्रयोग गरिन्छ ।
  • परमेश्‍वर आफैँले सृष्‍टि गर्नुभएको प्रत्येक कुराहरूद्वारा र मानिसहरूसँग बल्नुभएको वा लखित सन्देशहरूद्वाराको उहाँको सम्प्रषणद्वारा आफैँलाई प्रकट गर्नुभएको छ ।
  • परमेश्‍वरले आफूलाई सपनाहरू र दर्शनहरूद्वारा पनि प्रकट गर्नुहुन्छ ।
  • जब पावलले “येशू ख्रीष्‍टको प्रकाश” द्वारा सुसमाचार पाएँ भनेर उल्लेख गर्छन्, त्यसको अर्थ येशू आफैँले उनलाई सुसमाचार बताउनुभयो भनेको हो ।
  • नयाँ करारो पुस्तक “प्रकाश” परमेश्‍वरले अन्तको समयमा हुने घटनाहरू प्रकट गर्नुभएको बारे हो । उहाँले यो दर्शनद्वारा प्रेरित यूहन्‍नालाई प्रकट गर्नुभयो ।

अनुवादका निम्ति सुझावहरूः

  • “प्रकट गर्नु” लाई अर्को तरिकाले अनुवाद गर्नेहरूमा “परिचित गराउनु” वा “खुल्ला गर्नु” वा “स्पष्‍ट रुपमा देखाउनु” पर्न सक्छन् ।
  • सन्दर्भअनुसार” प्रकाश” लाई अनुवाद गर्ने सम्भावित उपायहरूमा” परमेश्‍वरबाटको सम्प्रेषण\संचार” वा “परमेश्‍वरले प्रकट गर्नुभएको थोकहरू” वा “परमेश्‍वरबारेको शिक्षा” पर्न सक्छन् । यस अर्थमा “प्रकट गर्नु” शब्द राख्‍नु नै उत्तम हुन्छ ।
  • “जहाँ प्रकाश छैन” लाई “जब परमेश्‍वरले आफैँलाई मानिसहरूकहाँ प्रकट गर्नु हुन्‍न” वा “जब परमेश्‍वर मानिसहरूसँग बोल्नुभएको छैन” वा “परमेश्‍वरले सञ्‍चार नगर्नुभएका मानिसहरू माझ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः शुभ खबर, सुसमाचार, सपाना, दर्शन अन्य)

बाइबलका खण्डहरूः

  • २ थेसलोनिकी ०१:६-८
  • दानिएल ११:१-२
  • एफिसी ०३:३-५
  • गलाती ०१:११-१२
  • विलाप ०२:१३-१४
  • मत्ती ०३:१५-१६
  • प्राकाश ०१:१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0241, H1540, H1541, G06010, G06020, G55370