ne_tw/bible/kt/synagogue.md

2.5 KiB
Raw Permalink Blame History

सभाघर

परिभाषा:

सभाघर यहूदीहरू परमेश्‍वरको आराधना गर्न भेला हुने भवन हो ।

  • प्रचीन समयदेखि नै सभाघरको सेवाहरूमा प्रार्थना, धर्माशस्‍त्र पढ्ने र धर्मशास्‍त्रबारे सिकाउने समय हुन्थ्यो ।
  • यहूदीहरूमध्ये धेरै जना यरूशलेमको मन्दिरदेखि धेरै टाढा बस्‍ने भएका हुनाले उनीहरूका आ-आफ्ना सहरमा नै प्रार्थना गर्न र परमेश्‍वरको आराधना गर्न उनीहरूले मौलिक रूपमा सभाघर निर्माण गर्न थाले ।
  • येशूले प्रायः सभाघरमा सिकाउनुभयो र त्यहाँ नै मानिसहरूलाई निको पार्नुभयो ।
  • "सभाघर" शब्दलाई त्यहाँ भेला हुने मानिसहरूका समूहलाई जनाउन प्रयोग गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: निको पार्नु, यरूशलेम, यहूदी, प्रार्थना गर्नु, मन्दिर, परमेश्‍वरको वचन, आराधना)

बाइबलका खण्डहरूः

शब्‍द विवरणः

  • Strongs: H4150, G06560, G07520, G48640