10 KiB
10 KiB
परमेश्वरको वचन, यहोवेको वचन, परमप्रभुको वचन, धर्मशास्त्र
परिभाषा:
बाइबलमा “परमेश्वरको वचन” भन्ने वाक्यांशले परमेश्वरले मानिसहरूलाई बताउनुभएको सबै कुरालाई जनाउँछ । यसमा परमेश्वरले बोलेर वा लेखेर दुवै तरिकाले दिनुभएका सन्देशहरू समावेश हुन्छन् । येशूलाई “पर्मेश्वरको वचन” पनि भनिन्छ ।
- “धर्मशास्त्र” को अर्थ “लेख” हो । यो केवल नयाँ नियममा प्रयोग भएको छ र यसले हिब्रू धर्मशास्त्र वा “पूरानो नियम” लाई जनाउँछ । यी लेखहरू परमेश्वरका सन्देशहरू थिए जुन परमेश्वरले मानिसहरूलाई लेख्न भनेर भन्नुभएको थियो ताकि मानिसहरूले भविष्यमा धेरै वर्षसम्म त्यो पढ्न सकून् ।
- “यहोवेका वचन” र “परमप्रभुका वचन” भन्ने अरू उस्तै वाक्यांशहरूले बाइबलका अगमवक्ता वा अरू मानिसलाई दिइएका परमेश्वरबाटको विशिष्ट सन्देशलाई जनाउँछन् ।
- कहिलेकाँही यसलाई केवल “वचन”, “मेरो वचन”, “तपाईंको वचन” (परमेश्वरको वचन भनेर कुरा गर्दा) भनेर उल्लेख गरिन्छ ।
- नयाँ नियममा येशूलाई “वचन” र “परमेश्वरको वचन” भनेर भनिएको छ । यी उपाधिहरूको अर्थ येशूले परमेश्वर को हुनुहुन्छ त्यो प्रकट गर्नुहुन्छ भन्ने हो किनकि येशू आफैँ नै परमेश्वर हुनुहुन्छ ।
"सत्यको वचन शब्द "परमेश्वरको वचन" लाई जनाउने अर्को तरिका हो, जुन उहाँको सन्देश वा शिक्षा हो। यसले एउटा शब्दलाई मात्र जनाउँदैन।
- परमेश्वरको सत्य वचनमा परमेश्वरले मानिसहरूलाई आफ्नो बारेमा, उहाँको सृष्टि, र येशूद्वारा उहाँको मुक्तिको योजनाबारे सिकाउनुभएको सबै कुरा समावेश गर्दछ।
- यो शब्दले परमेश्वरले हामीलाई भन्नुभएको कुरा सत्य, विश्वासयोग्य र वास्तविक हो भन्ने तथ्यलाई जोड दिन्छ।
अनुवादका लागि केही सुझावहरू
- प्रसङ्गको आधारमा, यस वाक्यांशलाई यस्ता अरू तरिकाबाट जस्तै “यहोवेको सन्देश” वा “परमेश्वरको सन्देश” वा “परमेश्वरबाट को शिक्षा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
- केही भाषाहरूमा यी वाक्यांशहरूलाई वहुवचन बनाउँदा अझ व्यावहारिक हुन्छ जस्तै “परमेश्वरका वचनहरू” वा “यहोवेका वचनहरू” ।
- “यहोवेको वचन आयो” भन्ने वाक्यलाई परमेश्वरले अगमवक्ताहरू वा वहाँका मानिसहरूलाई बताउनुभएको कुराहरूलाई परिचित गर्नको निम्ति प्रयोग गरिन्छ । यसलाई “यहोवेले यो सन्देश भन्नुभयो” वा यहोवेले यी वचनहरू भन्नुभयो” भनेर अनुवाद गर्न सकिन्छ ।
- “धर्मशास्त्र” वा “धर्म्शास्त्रहरू” भन्ने शब्दलाई “लेखहरू” वा “परमेश्वरबाट लिखित सन्देश” भनेर अनुवाद गर्न सकिन्छ । यो शब्दलाई “वचन” भन्ने शब्दलाई अनुवाद गरेको भन्दा भिन्न तरिकामा अनुवाद गर्न सकिन्छ ।
- जब “वचन” भन्ने शब्द मात्र भेटिएको खण्डमा, यसलाई “सन्देश” वा “परमेश्वरको वचन” वा “शिक्षाहरू” भनेर प्रसङ्ग अनुसार अनुवाद गर्न सकिन्छ । माथि उल्लिखित अनुवादका वैकल्पिक सुझावहरूमा पनि ध्यान दिनुहोस् ।
- जब बाइबलले येशूलाई "वचन" भनी उल्लेख गर्छ, यो शब्दलाई "सन्देश" वा "सत्य" भनेर अनुवाद गर्न सकिन्छ।
- "सत्यको वचन" लाई "परमेश्वरको साचोँ सन्देश" वा "परमेश्वरको वचन, जुन सत्य छ" भनेर अनुवाद गर्न सकिन्छ।
- यो शब्दको अनुवादको लागि सत्य हुनुको अर्थ समावेश गर्न महत्वपूर्ण छ।
हेर्नुहोस्ः अगमवक्ता, सत्य, यहोवा
बाइबलका सन्दर्भहरूः
- उत्पत्ति १५ः१
- १ राजा १३ः१
- यर्मिया ३६ः१-३
- लूका ८ः११
- यूहन्ना ५ः३९
- प्रेरित ६ः२
- प्रेरित १२ः२४
- रोमि १ः२
- २ कोरिन्थी ६ः७
- एफिसी १ः१३
- २ तिमोथी ३ः१६
- याकूब १ः१८
- याकूब २ः८-९
बाइबलीय कथाहरूबाट उदाहरणहरूः
- २५ः७ परमेश्वरले आफ्नो वचनमा मानिसहरूलाई आज्ञा दिनुहुन्छ, “परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आराधना गर्नु र वहाँको मात्र सेवा गर्नु । “”
- ३३ः६ यसैकारण येशूले व्याख्या गर्नुभयो, “त्यो बीऊ परमेश्वरको वचन हो ।
- ४२ः३ त्यसपछि येशूले तिनीहरूलाई परमेश्वरको वचनले मसीहको विषयमा के भन्छ त्यो व्याख्या गर्नुभयो ।
- ४२ः७ येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भनेको छु कि परमेश्वरको वचनमा मेरो निम्ति लेखिएका सबै कुराहरू पूरा हुनै पर्छ ।” र तिनीहरूले परमेश्वरको वचन बुझ्न सकून् भनेर वहाँले तिनीहरूका हृदय खोलिदिनुभयो ।
- ४५ः१० येशूको बारेमा उसलाई सु-सन्देश सुनाउनको निम्ति फिलिपले अरू धर्मशास्त्रहरूको पनि प्रयोग गरे ।
- ४८ः१२ तर येशू सबै भन्दा महान् अगमवक्ता हुनुहुन्छ । वहाँ नै परमेश्वरको वचन हुनुहुन्छ ।
- ४९ः१८ परमेश्वरले तिमीहरूलाई प्रार्थना गर्न, वहाँको वचन अध्ययन गर्न, अन्य ख्रीष्टियानहरू सँगै आराधना गर्न, र वहाँले तिमीहरूका निम्ति गर्नुभएका कुराहरू अरूलाई बताउन भन्नुभएको छ ।
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: H0561, H0565, H1697, H3068, G30560, G44870