ne_tw/bible/other/heal.md

7.2 KiB
Raw Permalink Blame History

चङ्गाइ गर्नु, निको पार्नु, निको पार्ने व्यक्त्ति, स्वास्थ्य, अस्वस्थ

परिभाषा:

“चङ्गाइ गर्नु” र “निको पार्नु” को अर्थ हुन्छ‒ बिरामी, चोट लागेको वा अशक्त व्‍यक्‍तिलाई पुनः स्वस्थ बनाउनु।

  • “चङ्गाइ गरिएको” वा “निको पारिएको” व्‍यक्‍तिलाई “स्वस्थ बनाइन्छ।”
  • परमेश्‍वरले हाम्रा शरीरहरूलाई विभिन्‍न किसिमका घाउ र रोगहरूबाट स्वस्थ हुने क्षमता दिनुभएकोले प्राकृतिक रूपमा पनि चङ्गाइ हुन सक्छ। साधारणतया यस्तो किसिमको चङ्गाइ बिस्तारै हुन्छ।
  • तथापि अन्धोपना वा पक्षाघातजस्ता अवस्थाहरू र कुष्‍टरोगजस्ता गम्भीर रोगहरू भने आफै निको हुँदैनन्। मानिसहरूले यी कुराहरूबाट चङ्गाइ प्राप्‍त गर्दा यसलाई आश्‍चर्यकर्म भनिन्छ, जुन साधारणतया अकस्मात् हुन्छ।
  • उदाहरणको लागि, येशूले धेरै दृष्‍टिविहीन वा लङ्गडा वा रोगीहरूलाई निको पार्नुभयो, र तिनीहरू तुरुन्तै स्वस्थ भए।
  • प्रेरितहरूले पनि मानिसहरूलाई आश्‍चर्यपूर्ण तवरले निको पारे, जस्तैः पत्रुसले लङ्गडो मानिसलाई तुरुन्तै हिँड्न सक्‍ने बनाए।

(हेर्नुहोस्ः आश्‍चर्यकर्म)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ५:१४-१६
  • प्रेरित ८:६-८
  • लूका ५:१२-१३
  • लूका ६:१७-१९
  • लूका ८:४३-४४
  • मत्ती ४:२३-२५
  • मत्ती ९:३५-३६
  • मत्ती १३:१५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १९ः१४ डरलाग्दो रोग भएका शत्रुका कमान्डर नामानको जीवनमा एउटा आश्‍चर्यकर्म भयो। तिनले एलीशाको बारेमा सुनेका थिए। त्यसैले, तिनी एलीशालाई चङ्गाइको लागि अनुरोध गर्न उनीकहाँ गए ।
  • २१ः१० मसीहले बिरामी मानिसहरू र सुन्‍न नसक्‍ने, देख्‍न नसक्‍ने, बोल्न नसक्‍ने र हिँड्न नसक्‍नेहरूलाई चङ्गाइ गर्नुहुने थियो भनेर पनि तिन (यशैया) ले भविष्यवाणी गरे।
  • २६ः६ येशूले भन्‍न जारी राख्‍नुभयो, “एलीशा अगमवक्ताको समयमा इस्राएलमा छालाको रोग लागेका मानिसहरू धेरै थिए । तर एलीशाले तिनीहरूमध्ये कसैलाई पनि निको पारेनन्। तिनले इस्राएलका शत्रुहरूका कमान्डर नामानलाई मात्र निको पारे, जसलाई छालाको रोग थियो।”
  • २६ः८ तिनीहरूले देख्‍न नसक्‍ने, हिँड्न नसक्‍ने, सुन्‍न नसक्‍ने वा बोल्न नसक्‍नेलगायत धेरै बिरामी र अशक्त मानिसहरूलाई ल्याए, र येशूले तिनीहरूलाई निको पार्नुभयो।
  • ३२ः१४ येशूले धेरै बिरामी मानिसहरूलाई निको पार्नुभएको थियो भनी उनले सुनेकी थिइन्। त्यसैले, उनले सोचिन्, “मैले येशूका वस्‍त्रहरूलाई छोएँ भने मात्र म पनि निको हुनेछु भन्‍ने कुरामा म निश्‍चित छु।”
  • ४४ः३ तुरुन्तै परमेश्‍वरले त्यस लङ्गडो मानिसलाई निको पार्नुभयो, र तिनी चारैतिर हिँड्न र उफ्रन अनि परमेश्‍वरको प्रशंसा गर्न थाले।
  • ४४ः८ पत्रुसले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्तिद्वारा यी मानिस तपाईंहरूका सामु चङ्गाइ प्राप्‍त व्‍यक्‍तिको रूपमा खडा छ।”
  • ४९ः२ येशूले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो जसले उहाँ परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्छन्। उहाँ पानीमाथि हिँड्नुभयो; उहाँले आँधीलाई शान्त पार्नुभयो; धेरै बिरामी मानिसहरूलाई निको पार्नुभयो; भूतात्माहरू निकाल्नुभयो; मरेकाहरूलाई जीवित पार्नुभयो र पाँचवटा रोटी अनि दुईवटा माछाले पाँच हजारभन्दा बेसी मानिसलाई पर्याप्‍त हुने गरी खुवाउनुभयो।

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0724, H1369, H1455, H2280, H2421, H2896, H3545, H4832, H4974, H7495, H7499, H7500, H7725, H7965, H8549, H8585, H8644, H0622, G12950, G17430, G23220, G23230, G23860, G23900, G23920, G25110, G36470, G49820, G51980, G51990