ne_tw/bible/kt/sonofman.md

4.4 KiB
Raw Permalink Blame History

मानिसको पुत्र

परिभाषा:

“मानिसको पुत्र” भन्‍ने दर्ज्यानी येशूले आफैँलाई जनाउनलाई प्रयोग गर्नुभयो । उहाँले यो शब्दलाई प्रायः "म" वा "मलाई" भन्‍नुको सट्टामा प्रयोग गर्नुभयो ।

  • बाइबलमा, “मानिसको पुत्र” कुनै मानिसलाई जनाउने वा सम्बोधन गर्ने एउटा तरिका हुन सक्थ्यो । यसको अर्थ “मानवजाति” पनि हुन सक्थ्यो ।
  • पुरानो करारको इजकिएलको पुस्तकभरि नै परमेश्‍वरले उनलाई “मानिसको छोरो” भनी सम्बोधन गर्नुहुन्छ । उदहरणको लागि, उहाँले भन्‍नुभयो, “ मानिसको छोरो, तैँले अगमवाणी गर्नुपर्छ ।”
  • दानिएल अगमवक्‍ताले “मानिसको पुत्र” बादलमा आइरहेका एउटा दर्शन देखे, जुन आउँदैगरेका मसीहको सन्दर्भ हो ।
  • मानिसको पुत्र कुनै दिन बादलमा फर्केर आउनेछ छन् भनी येशूले पनि बताउनुभयो ।
  • मानिसको पुत्र बादलमा आइरहेको यी सन्दर्भहरूले येशू मसीह परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रकट गर्छन् ।

अनुवादका निम्ति सुझावहरूः

  • येशूले “मानिसको पुत्र” भनी प्रयोग गर्नुहुँदा यसलाई “मानवजाति हुनुभएको व्यक्ति” वा “स्वर्गबाट आएका मानिस” भनी अनुवाद गर्न सकिन्छ ।
  • येशूले आफ्नैबारे भनिरहनुभएको थियो भनी स्पष्ट पार्न केही अनुवादकहरूले प्रायः ("म, मानिसको पुत्र जस्तै) “म” वा “मलाई” लेख्छन् ।
  • यो शब्दको अनुवादले (अवैध छोरा वा येशू केवल मानव मात्र हुनुहुन्थ्यो भन्‍ने गलत छाप छोड्ने जस्ता) गलत अर्थ नदिओस् भन्‍ने कुरा ख्याल गर्नुहोस् ।
  • “मानिसको पुत्र” ले कुनै व्यक्‍तिलाई जनाउँदा यसलाई “तिमी, मानव” वा “तिमी, मानिस” वा “मानव” वा “मानिस” भनी अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: स्वर्ग, पुत्र, परमेश्‍वरको पुत्र, परमप्रभु)

बाइबल खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0120, H0606, H1121, H1247, G04440, G52070