ne_tw/bible/kt/heaven.md

5.9 KiB

स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय

परिभाषा:

“स्वर्ग” भनी अनुवाद गरिएको शब्दले परमेश्‍वरको वासस्थानलाई जनाउँछ । सन्दर्भमा आधारित रहेर यही शब्दको अर्थ आकाश पनि हुन सक्छ ।

  • शब्द “आकाशहरू” ले हामीले माथि देख्‍ने सूर्य, चन्द्रमा र ताराहरूलगायत हरेक कुरोलाई उल्लेख गर्छ । पृथ्वीबाट सिधै देख्‍न नसकिने धेरै टाढाका आकाशीय पिण्डहरू पनि यसमा पर्छन् ।
  • “आकाश” शब्दले पृथ्वीभन्दा माथिको निलो फैलावटलाई जनाउँछ, जहाँ बादलहरू र हावा हुन्छन् । अक्सर सूर्य र चन्द्रमा पनि “माथि आकाशमा” छन् भनिएको छ ।
  • बाइबलका केही सन्दर्भहरूमा “स्वर्ग” शब्दले आकाश वा परमेश्‍वर बस्‍नुहुने ठाउँलाई जनाउन सक्छ ।
  • “स्वर्ग” लाई आलङ्कारिक रूपमा प्रयोग गर्दा, यो परमेश्‍वरलाई जनाउने एउटा तरिका हो । उदाहरणको लागि, मत्तीले “स्वर्गको राज्य” को बारेमा बताउँदा तिनले परमेश्‍वरको राज्यलाई उल्लेख गर्दै छन् ।

अनुवादका लागि सुझावहरूः

  • “स्वर्ग” लाई आलङ्कारिक रूपमा प्रयोग गर्दा, यसलाई “परमेश्‍वर” भनी अनुवाद गर्न सकिन्छ ।
  • मत्तीको पुस्तकमा अभिलिखित पदावली “स्वर्गको राज्य” मा “स्वर्ग” शब्दलाई राख्‍नु उत्तम हुन्छ, किनकि यो मत्तीको सुसमाचारको पृथक्‍ता हो ।
  • “आकाशहरू” वा “स्वर्गीय पिण्डहरू” लाई “सूर्य, चन्द्रमा र ताराहरू” वा “विश्‍वमा भएका सबै ताराहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “स्वर्गका ताराहरू” लाई “आकाशमा भएका ताराहरू” वा “तारापुञ्‍जमा भएका ताराहरू” वा “विश्‍वमा भएका ताराहरू” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः परमेश्‍वरको राज्य, स्वर्गको राज्य)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ०८:२२-२४
  • १ थेसलोनिकी ०१:८-१०
  • १ थेसलोनिकी ०४:१६-१८
  • व्यवस्था ०९:१-२
  • एफिसी ०६:९
  • उत्पत्ति ०१:१-२
  • उत्पत्ति ०७:११-१२
  • यूहन्‍ना ०३:१२-१३
  • यूहन्‍ना ०३:२७-२८
  • मत्ती ०५:१७-१८
  • मत्ती ०५:४६-४८

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०४-०२) तिनीहरूले स्वर्गसम्मै पुग्‍ने एउटा अग्लो धरहरा पनि बनाउन थाले ।
  • (१४-११) उहाँ (परमेश्‍वर) ले तिनीहरूलाई स्वर्गबाट “मन्‍न” भनिने रोटी दिनुभयो ।
  • (२३-०७) अकस्मात्, आकाश स्वर्गदूतहरूले भरिए जसले यसो भन्दै परमेश्‍वरको स्तुति गरे, “स्वर्गमा परमेश्‍वरलाई महिमा होस् र पृथ्वीमा उहाँका मानिसहरूलाई शान्ति !”
  • (२९-०९) त्यसपछि येशूले भन्‍नुभयो, “यदि ह्दयबाट नै तिमीले आफ्नो भाइलाई क्षमा दिएनौ भने मेरा स्वर्गीय पिताले हरेकलाई यसै गर्नुहुनेछ ।”
  • (३७-०९) त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “हे पिता, मेरो आवाजलाई सुन्‍नुभएको लागि तपाईंलाई धन्यवाद छ ।”
  • (४२-११) त्यसपछि येशू स्वर्ग जानुभयो, र बादलले उहाँलाई तिनीहरूका दृष्‍टिबाट ढाक्यो ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1534, H6160, H6183, H7834, H8064, H8065, G09320, G20320, G33210, G37700, G37710, G37720