ne_tw/bible/kt/pentecost.md

2.4 KiB
Raw Permalink Blame History

पेन्तिकोस, साताहरूका चाड

परिभाषा:

"साताहरूका चाड" निस्तार चाडको पचास दिनपछि आउने एउटा यहूदी चाड हो । यसलाई पछि "पेन्तिकोस"को रूपमा उल्लेख गरियो ।

  • हप्‍ताहरूका चाड अगौटे फलको चाडको सात हप्‍ता (५० दिन) पछि थियो । नयाँ करारको समयमा,  यस चाडलाई यसको अर्थको हिस्‍साको रूपमा "पेन्तिकोस" भनिन्‍थ्‍यो ।
  • साताहरूका चाडमा अन्‍न कटनीको प्ररम्भको उत्सव मनाइन्थ्यो । यो परमेश्‍वरले मोशाद्वारा इस्राएलीहरुलाई पहिलो पटक व्यवस्था दिनुभएको कुरा सम्झने समय पनि थियो ।
  • नयाँ करारमा, पेन्तिकोसको दिन विशेष महत्त्वपूर्ण छ, किनभने यसै दिनमा येशूका चेलाहरूले नयाँ तरिकाले पवित्र आत्मा पाएका थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः चाड, पहिलो फल, फसल, पवित्र आत्मा, जीवित भइ उठ्नु)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H2282, H7620, G40050