ne_tw/bible/kt/holyspirit.md

7.1 KiB

पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा

परिभाषा:

यी सबै पदावलीहरूले पवित्र आत्मालाई जनाउँछन् जो परमेश्‍वर हुनुहुन्छ । एक मात्र साँचो परमेश्‍वर अनन्त कालदेखि पिता, पुत्र र पवित्र आत्माको रूपमा अस्तित्वमा हुनुहुन्छ ।

  • पवित्र आत्मालाई “आत्मा”, “यहोवेका आत्मा” र “सत्यताको आत्मा” भनेर पनि उल्लेख गरिएको छ ।
  • पवित्र आत्मा परमेश्‍वर हुनुभएकोले उहाँका सारा स्वभाव र उहाँले गर्नुहुने हरेक क्रियाकलापमा उहाँ पूर्णतः पवित्र, असीमित रूपमा शुद्ध र नैतिक रूपमा सिद्ध हुनुहुन्छ ।
  • पिता र पुत्रसँगै पवित्र आत्मा पनि संसारको सृष्‍टिमा सक्रिय हुनुहुन्थ्यो ।
  • जब परमेश्‍वरका पुत्र येशू स्वर्गमा फर्कनुभयो, तब परमेश्‍वरको इच्छा पुरा गर्ने उद्देश्यले आफ्ना मानिसहरूलाई अगुवाइ गर्न, सिकाउन, सान्त्वना दिन र सक्षम तुल्याउन परमेश्‍वरले तिनीहरूकहाँ पवित्र आत्मा पठाउनुभयो ।
  • पवित्र आत्माले येशूलाई अगुवाइ गर्नुभयो, र उहाँले येशूमा विश्‍वास गर्नेहरूलाई अगुवाइ गर्नुहुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • “पवित्र” र “आत्मा” लाई अनुवाद गर्नका लागि प्रयोग गरिने शब्दहले यसलाई अनुवाद गर्न सकिन्छ ।
  • यसलाई “शुद्ध आत्मा” वा “आत्मा जो पवित्र हुनुहुन्छ” वा “आत्मा परमेश्‍वर” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पवित्र, पवित्रता, आत्मा, आत्मिक, परमेश्‍वर, प्रभु, पिता परमेश्‍वर, स्वर्गीय पिता, पिता, परमेश्‍वरका पुत्र, पुत्र, पुत्र येशू, उपहार)

बाइबलका सन्दर्भहरूः

  • १ शमूएल १०:९-१०
  • १ थेसलोनिकी ०४:७-८
  • प्रेरित ०८:१४-१७
  • गलाती ०५:२५-२६
  • उत्पत्ति ०१:१-२
  • यशैया ६३:१०
  • अय्यूब ३३:४-५
  • मत्ती १२:३१-३२
  • मत्ती २८:१८-१९
  • भजनसंग्रह ५१:१०-११

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०१-०१) तर परमेश्‍वरका आत्मा पानीमाथि हुनुहुन्थ्यो ।
  • (२४-०८) बप्‍तिस्मा लिनुभएपछि येशू पानीबाट बाहिर आउनुहुँदा परमेश्‍वरका आत्मा ढुकुरको रूपमा देखा पर्नुभयो, र तल ओर्ली उहाँमाथि बस्‍नुभयो ।
  • (२६-०१) शैतानका परीक्षाहरूमाथि विजय हासिल गर्नुभएपछि येशू पवित्र आत्माको शक्‍तिमा गालीलको क्षेत्रमा फर्कनुभयो, जहाँ उहाँ बस्‍नुभयो ।
  • (२६-०३) येशूले पाठ गर्नुभयो, “गरिबहरूलाई शुभ खबर सुनाउन, बन्दीहरूलाई स्वतन्‍त्रताको घोषणा गर्न, दृष्‍टिनविहीनहरूलाई दृष्‍टि दिन र उत्पीडनहरूलाई मुक्‍त गर्न परमेश्‍वरले मलाई उहाँका आत्मा दिनुभएको छ । यो प्रभुको कृपाको वर्ष हो ।”
  • (४२-१०) त्यसकारण, जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्‍मा देओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई पालन गर्न सिकाओ ।”
  • (४३-०३) तिनीहरू सबै पवित्र आत्माले भरिए, र तिनीहरूले अन्य भाषाहरूमा बोल्न लागे ।
  • (४३-०८) “र आफूले प्रतिज्ञा गर्नुभएझैँ येशूले पवित्र आत्मा पठाउनुभएको छ । अहिले तपाईंहरूले देखिरहनुभएका र सुनिरहनुभएका कुराहरू पवित्र आत्माले नै हुन आउन दिनुभएको हो ।”
  • (४३-११) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूमध्ये हरेकले पश्‍चात्ताप गरी येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा लिनुपर्छ, ताकि परमेश्‍वमरले तपाईंहरूका पाप क्षमा गरिदिनुभएको होस् ।”
  • (४५-०१) तिन (स्तिफनस) को ख्याति राम्रो थियो, र तिनी पवित्र आत्मा र बुद्धिले भरिएका थिए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3068, H6944, H7307, G00400, G41510