ne_tw/bible/kt/guilt.md

4.0 KiB
Raw Permalink Blame History

दोष, दोषी

परिभाषा:

“दोष” शब्दले पाप वा अपराध गरेको तथ्यलाई जनाउँछ ।

  • “दोषी हुनु”को अर्थ हुन्छ‒ नैतिक रूपमा कुनै गलत काम गरेको हुनु वा परमेश्‍वरप्रति अनाज्ञाकारी भएको हुनु हो ।
  • “दोषी” को विपरीत शब्द “निर्दोष” हो ।

अनुवादका लागि सुझावहरूः

  • केही भाषाहरूले “दोष” लाई “पापको बोझ” वा “पापको गणना” भनी अनुवाद गर्न सक्छन् ।
  • “दोषी हुनु”लाई “भुलमा हुनु” वा “नैतिक रूपमा केही गलत काम गर्नु” वा “पाप गरेको” भन्‍ने शब्द वा शब्दावली पर्न सक्छन् ।

(यो पनि हेर्नुहोस्: निर्दोष, अधर्म, दण्ड दिनु, पाप)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ३९:२ तिनीहरूले धेरै साक्षीहरू ल्याए जसले उहाँ (येशू) को बारेमा झुट बोले । तथापि, तिनीहरूका भनाइहरू एक अर्कामा मेल खाएनन्, त्यसैले उहाँ कुनै पनि कुरोको दोषी हुनुहुन्थ्यो भनी यहूदी अगुवाहरूले प्रमाणित गर्न सकेनन् ।
  • ३९:११ येशूसित बोलिसकेपछि पिलातस भिडकहाँ गए र भने, “म यी मानिसमा कुनै दोष भेट्टाउँदिनँ ।” तर यहूदी अगुवाहरू र भिड चिच्‍च्याए र भने, “तिनलाई क्रूसमा झुन्डाओ!” पिलातसले जवाफ दिए, “उहाँ दोषी हुनुहुन्‍न ।” तर तिनीहरू झनै चर्को सोरले कराए । त्यसपछि पिलातसले तेस्रो पटक भने, “उहाँ दोषी हुनुहुन्‍न!”
  • ४०:४ येशूलाई दुई डाकुका बिचमा क्रूसमा टाँगियो । तीमध्ये एक जनाले येशूको गिल्ला गर्‍यो, तर अर्काचाहिँले भने, “के तिमी परमेश्‍वरदेखि डराउँदैनौ? हामी दोषी छौँ, तर यी मानिस निर्दोष छ ।”
  • ४९:१० तिमीहरूका पापको कारणले गर्दा तिमीहरू दोषी छौ र मर्न योग्यको छौ ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0816, H0817, H0818, H5352, H5355, H7563, G03380, G17770, G37840, G52670