ne_tw/bible/kt/iniquity.md

2.8 KiB

अधर्म

परिभाषा:

“अधर्म” एउटा शब्द हो जुन शब्द “पाप” सित अर्थमा निकै समान छ । तर यसले गलत काम वा महा-दुष्‍टताको सचेत कार्यहरूलाई जनाउन सक्छ ।

  • शब्द “अधर्म” को शाब्दिक अर्थ हुन्छ‒ (व्यवस्थाको) विकृति वा बङ्ग्याइ । यसले मुख्य अन्यायलाई उल्लेख गर्छ ।
  • अधर्मलाई अरू मानिसहरूको विरुद्धमा जानाजानी गरिने हानिकारक क्रियाकलापको रूपमा बयान गर्न सकिन्छ ।
  • अधर्मको अन्य परिभाषाहरूमा “भ्रष्‍टता” वा “अन्तर्निहित दुष्‍टता” पर्छन् । यी यस्ता दुईवटा शब्द हुन् जसले डरलाग्दो पापका अवस्थाहरूलाई बयान गर्छन् ।

अनुवादका लागि सुझावहरूः

  • शब्द “अधर्म” लाई “दुष्‍टता” वा “भ्रष्‍ट क्रियाकलापहरू” वा “हानिकारक कार्यहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • अक्सर “अधर्म” उही पाठ्यपुस्तकमा प्रयुक्‍त हुन्छ, जहाँ “पाप” र “उल्लङ्घन” आउँछन् । त्यसैले, यी शब्दहरूलाई फरक-फरक तरिकाले अनुवाद गर्नु महत्त्वपूर्ण हुन्छ ।

(हेर्नुहोस्ः पाप, पापिष्‍ठ, पापी, पाप गर्नु, उल्लङ्घन गर्नु, उल्लङ्घन, अपराध)

बाइबलका सन्दर्भहरूः

  • दानिएल ०९:१२-१४
  • प्रस्थान ३४:५-७
  • उत्पत्ति १५:१४-१६
  • उत्पत्ति ४४:१६-१७
  • हबकूक ०२:१२-१४
  • मत्ती १३:४०-४३
  • मत्ती २३:२७-२८
  • मीका ०३:९-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0205, H1942, H5753, H5758, H5766, H5771, H5932, H5999, H7562, G00920, G00930, G04580, G38920, G41890