ne_tw/bible/kt/sin.md

9.7 KiB

पाप, पापूर्ण, पापी, पाप गर्दै

परिभाषा:

“पाप” शब्दले परेश्‍वरको इच्‍छा र व्यवस्थाविरुद्धका कार्यहरू, विचारहरू र वचनहरूलाई जनाउँछ । पापले परमेश्‍वरले हामीले गरेको चाहनुभएको कुरा नगर्नुलाई पनि जनाउँछ ।

  • पापमा परमेश्‍वरको आज्ञा पालन नगर्ने वा उहाँलाई खुसी नपार्ने हामीले गर्ने कुनै पनि कुरा र अरू मानिसहरूले थाहा नपाएका कुराहरू पनि पर्छन् ।
  • परमेश्‍वरको इच्छा पालन नगर्ने विचारहरू वा कार्यहरूलाई “पापपूर्ण” भनिन्छ ।
  • आदमले पाप गरेका हुनाले, सबै मानवजातिहरू उनीहरूलाई नियन्‍त्रण गर्ने पापपूर्ण स्वभावसँगै जन्मन्छन् ।
  • पाप गर्ने मानिस नै पापी हो, त्यसैले हरेक मानिस पापी हो ।
  • फरिसी जस्ता धार्मिक अगुवाहरूले कहिले कहीँ व्यवस्था साथै उनीहरूले पलना गर्नुपर्छ भनेका कुराहरू पालना नगर्नेहरूलाई पनि “पापीहरू” भन्‍ने शब्द प्रयोग गर्थे ।
  • “पापीहरू” शब्द अरू मानिसहरूभन्दा पनि अझ पापी ठानिएका मानसहरूलाई पनि प्रयोग गरिन्थ्यो । उदाहरणको लागि, यो दर्जा कर उठाउनेहरू र बेश्यहरूलाई दिइन्थ्यो ।

अनुवादका निम्ति सुझावहरू

  • “पाप” शब्दलाई “परमेश्‍वरप्रतिको अनाज्ञाकारिता” वा “परमेश्‍वरको इच्छाविरुद्ध जाने” वा “दुष्‍ट व्यवहार र विचारहरू” वा “गलतकार्य” भन्‍ने शब्दहरूमा अनुवाद गर्न सकिन्छ ।
  • “पाप गर्नु” लाई “परमेश्‍वरको अनाज्ञकारी हुनु” वा “गलत गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार “पापी” लाई “पाप गर्ने व्यक्‍ति” वा “गलत थोकहरू गर्ने व्यक्‍ति” वा “परमेश्‍वप्रति अनाज्ञाकारी व्यक्‍ति” वा “व्यवस्था भङ्ग गर्ने व्यक्‍ति” भन्‍ने शब्द वा शब्द समूहहरूमा अनुवाद गर्न सकिन्छ ।
  • “पापीहरू” लाई “धेरै पापपूर्ण मानिस” वा “धेरै पापी ठानिएको मानिस” वा “अनैतिक मानिस” भन्‍ने शब्द वा शब्द समूहहरूमा अनुवाद गर्न सकिन्छ ।
  • “कर उठाउनेहरू र पापीहरू” लाई अनुवाद गर्ने तरिकाहरूमा “सरकारको निम्ति पैसा उठाउनेहरू र अरू धेरै पापपूर्ण मानिसहरू” वा “कर उठाउनेहरूसहित धेरै पापपूर्ण मानिसहरू” पर्छन् ।
  • “पापका दासहरू” वा “पापद्वारा शासित” जस्ता अभिव्यक्‍ति, “पाप” शब्दलाई “अनाज्ञाकारिता” वा “दुष्‍ट इच्छाहरू र कार्यहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • यो शब्दलाई अनुवाद गर्दा यसमा अरू मानिसहरूले नदेखेका वा थाहा नपाएका पापपूर्ण आचरण र विचारहरू परून् भन्‍ने कुरा ख्याल गर्नुहोस् ।
  • “पाप” शब्द सामान्य हुनुपर्छ र “दुष्‍टता” वा “दुष्‍ट” को निम्ति प्रयोग गरिने शब्दभन्दा फरक हुनुपर्छ ।

(हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारिता, दुष्‍ट, दुष्‍ट(व्‍यक्‍ति), दुष्‍टता, शरीर, कर उठाउने)

बाइबल खण्डहरूः Data:

  • १ इतिहास ९ः१-३
  • १ यूहन्‍ना १ः१०
  • १ यूहन्‍ना २ः२
  • २ शामूयल ७ः१२-१४
  • प्रेरित ३ः१९
  • दानिएल ९ः२४
  • उत्‍पत्ति ४ः७
  • हिब्रू १२ः२
  • यशैया ५३ः११
  • यर्मिया १८ः२३
  • लेवि ४ः१४
  • लूका १५ः१८
  • मत्ति १२ः३१
  • रोमि ६ः२३
  • रोमि ८ः४

बाइबलका कथाहरूबाटका उदाहरणहरूः

  • (०३-१५) परमेश्‍वरले भन्‍नुभयो, “अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई सराप दिनेछैन, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन् ।”
  • (१३-१२) परमेश्‍वर तिनीहरूसँग तनीअरूका पापको कारण धेरै रिसाउनुभयो, र तिनीहरूलाई विनाश पार्ने योजना बाउनुभयो ।
  • (२०-०१) इस्राएल र यहूदाका राज्य दुवैले परमेस्‍वरविरुद्ध पाप गरे । तिनीहरूले सिनै पर्वतमा परमेश्‍वरले तिनीहरूसँग बाँध्‍नुभएको करारलाई तोडे ।
  • (२१-१३) मसीह सिद्ध अर्थात पापरहित हुनुहुने थियो भनी अगमवक्‍ताहरूले भने । उहाँ मानिसहरूका पापको निम्ति दण्ड भोग्‍नलाई मर्नुहुने थियो ।
  • (३५-०१) एक दिन,येशूले कर उठाउनेहरू र उहाँका कुरा सुन्‍नलाई भेला भएकाहरूलाई सिकउँदै हुनुहुन्थ्यो ।
  • (३८-०५) तब येशूले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो पिओ । यो पापहरूका क्षमाको निम्ति बगाइएको नयाँ करारको मेरो रगत हो ।”
  • (४३-११) पत्रुसले तिनीहरूलाई जवाई दिए, “तपाईहरू हरेकले पश्‍चताप गर्नु र येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनुपर्छ, ताकि परमेश्‍वरले तपाईहरूका पापहरू क्षमा गर्नुभएकोहोस् ।”
  • (४८-०८) हामी हाम्रा पापहरूमा मर्न योग्यका छौं ।
  • (४९-१७) तपाईंहरू ख्रीष्‍टियानहरू नै भए पनि, तपाईंहरूलाई पाप गर्ने परिक्षा अझ हुनेछ । तर परमेश्‍वर इमानदार हुनुहुन्छ, र उहाँले भन्‍नुहुन्छ तिमीहरूले पाप गरे पनि, उहाँले तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई पापविरुद्ध लड्नलाई सामर्थ्य दिनुहुनेछ ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0817, H0819, H2398, H2399, H2400, H2401, H2402, H2403, H2408, H2409, H5771, H6588, H7683, H7686, G02640, G02650, G02660, G02680, G03610, G37810, G39000, G42580