ne_ta/translate/translate-useulbudb/01.md

31 KiB

अनुवादकहरूको रूपमा, तपाईंले यूएलटी र यूएसटीको बीचमा भएका भिन्‍नताहरूलाई याद गर्नुभयो भने र यी भिन्‍नताहरूले प्रस्तुत गर्ने विषयहरूलाई लक्षित भाषाले कसरी उत्तम तवरमा सामना गर्न सक्‍छ भनेर तपाईंले जान्‍नुभयो भने, तपाईंले यूएलटी र यूएसटीलाई सबैभन्दा बेस तवरमा प्रयोग गर्न सक्‍नुहुन्छ ।

विचारहरूको क्रम

यूएलटीले विचारहरूलाई ती स्रोत खण्‍डमा भए जस्तै गरेर उही क्रममा प्रस्तुत गर्ने कोसिस गर्छ ।

यूएसटीले विचारहरूलाई अङ्ग्रेजीमा बढी स्वभाविक हुने क्रममा प्रस्तुत गर्ने कोसिस गर्छ, अथवा त्यसले तर्कको क्रमलाई वा समयअनुसारको श्रृङ्खलाको क्रमलाई पछ्याउँछ ।

जब तपाईंले अनुवाद गर्नुहुन्छ, तपाईंले विचारहरूलाई त्यस्तो एउटा क्रममा राख्‍नुपर्छ जुन लक्षित भाषामा स्वभाविक किसिमको हुन्छ । (हेर्नुहोस् घटनाहरूको क्रम)

पावल, येशू ख्रीष्‍टको एकजना सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरको सुसमाचारको लागि अलग गरिएको ... यो पत्र रोममा भएकाहरू सबैलाई हो, परमेश्‍वरका प्रियहरू । (रोमीहरू १:१,७ यूएलटी)
म, पावल, जसले येशू ख्रीष्‍टको सेवा गर्छु, तिमी रोमको सहरमा भएका सबै विश्‍वासीहरूलाई यो पत्र लेखिरहेको छु । (रोमीहरू १:१ यूएसटी)

यूएलटीले पावलले उनका पत्रहरू सुरु गर्ने शैलीलाई देखाउँछ । उनले पद ७ भन्दा अगाडिसम्‍म उनका पाठकहरू को हुन् भनेर भन्दैनन् । तापनि, यूएसटीले अङ्ग्रेजीमा र आजका अन्य धेरै भाषाहरूमा बढी स्वभाविक हुने शैलीलाई पछ्याउँछ ।

अन्तर्निहित जानकारी

यूएलटीले धेरैपटक त्यस्ता विचारहरूलाई प्रस्तुत गर्छ जसले पाठकलाई बुझ्‍नका लागि महत्त्वपूर्ण रहेका अन्य विचारहरूको अन्तर्निहित अर्थ लगाउँछन् वा तिनलाई मानिलिन्छन्

यूएसटीले धेरैपटक त्यस्ता अरू विचारहरूलाई स्‍पष्‍ट बनाउँछन् । तपाईंले पनि शायद तपाईंको अनुवादमा त्यसै नै गर्नुपर्छ भनेर तपाईंलाई स्मरण गराउनका लागि यूएसटीले यसो गर्छ यदि तपाईंले सोच्‍नुहुन्छ कि खण्‍डलाई बुझ्‍नका लागि तपाईंको पाठकवर्गलाई यो जानकारी थाहा पाउन जरुरी हुनेछ ।

जब तपाईंले अनुवाद गर्नुहुन्छ, यी अन्तर्निहित विचारहरूमध्येमा कुन चाहिँ समावेश नगरिकनै तपाईंको पाठकवर्गद्वारा बुझिनेछ भनेर तपाईंले निधो गर्नुपर्छ । यदि यी विचारहरूलाई खण्‍डमा समावेश नगरिकनै तपाईंको पाठकवर्गले बुझ्‍छन् भने, तब तपाईंले ती विचारहरूलाई स्‍पष्‍ट बनाउन जरुरी छैन । यो पनि याद गर्नुहोस् कि यदि तपाईंको पाठकवर्गले यसै बुझ्‍ने अन्तर्निहित विचारहरूलाई तपाईंले अनावश्‍यक रूपमा प्रस्तुत गर्नुभयो भने तपाईंले तिनीहरूलाई बेखुशी बनाउन पनि सक्‍नुहुन्छ । (हेर्नुहोस् अनुमानित ज्ञान र अन्तर्निहित जानकारी)

अनि येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, किनभने अब तिमीले मानिसहरूलाई पक्रनेछौ ।” (लूका ५:१० यूएलटी)

तर येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ ! अहिलेसम्‍म तिमीले माछाहरू पक्रियौ, तर अबबाट तिमीले मानिसहरूलाई मेरा चेलाहरू हुनका लागि भेला गर्नेछौ ।” (लूका ५:१० यूएसटी)

यहाँ यूएसटीले पाठकलाई स्मरण गराउँछ कि सिमोन व्यवसायद्वारा एक मछुवा थिए । यसले त्यस समानतालाई पनि प्रस्‍ट बनाउँछ जुन येशूले सिमोनको अघिल्‍लो काम र उनको भविष्‍यको कामको बीचमा कोरिरहनुभएको थियो । त्यसको थपमा, सिमोनले किन “मानिसहरूलाई पक्रेको” (यूएलटी) येशूले चाहनुहुन्थ्यो भनेर पनि प्रस्‍ट बनाउँछ, अर्थात्, तिनीहरूलाई “मेरा चेलाहरू हुनलाई” (यूएसटी) डोहोर्‍याउनु भन्‍ने थियो ।

जब उसले येशूलाई देख्यो, ऊ आफ्‍नो अनुहार झुकायो र उहाँलाई यसो भन्दै बिन्ती गर्‍यो, “प्रभु, यदि तपाईंले इच्‍छा गर्नुहुन्छ भने, तपाईंले मलाई शुद्ध बनाउन सक्‍नुहुन्छ ।” (लूका ५:१२ यूएलटी)

जब उसले येशूलाई देख्‍यो, ऊ उहाँको सामु भुइँमा निहुरियो र उहाँलाई बिन्तीभाउ गर्‍यो, “प्रभु, कृपया मलाई निको पार्नुहोस्, किनभने यदि तपाईंले चाहनुभयो भने तपाईं मलाई निको पार्न सक्षम हुनुहुन्छ !” (लूका ५:१२ यूएसटी)

यहाँ यूएसटीले प्रस्‍ट बनाउँछ कि त्यस कुष्‍ठरोग लागेको मानिस जमिनमा दुर्घटनावशः लडेको होइन । बरु, ऊ भुइँमा जानाजान निहुरियो । साथै, यूएसटीले प्रस्‍ट बनाउँछ कि उसलाई निको पारिदिनका लागि उसले येशूलाई बिन्ती गर्दैछ । यूएलटीमा, उसले यस अनुरोधको अर्थ मात्र लगाउँछ ।

प्रतीकात्मक कार्यहरू

परिभाषा - एउटा प्रतीकात्मक कार्य भनेको केही त्यस्तो कुरा हो जुन कसैले कुनै खास विचारलाई व्यक्त गर्नका लागि गर्छ ।

यूएलटीले धेरैपटक प्रतीकात्मक कार्यलाई त्यसको अर्थ के हुन्छ भनेर कुनै व्याख्या बिना नै सामान्य रूपमा प्रस्तुत गर्छ । यूएसटीले चाहिँ धेरैपटक प्रतीकात्मक कार्यले व्यक्त गरेको अर्थलाई पनि प्रस्तुत गर्छ ।

जब तपाईंले अनुवाद गर्नुहुन्छ, तपाईंको पाठकवर्गले कुनै प्रतीकात्मक कार्यलाई ठीक तरिकाले बुझ्‍नेछ वा छैन भनेर तपाईंले निधो गर्नुपर्छ । यदि तपाईंको पाठकवर्गले बुझ्‍नेछैन भने, तब तपाईंले यूएसटीले गरे झैँ गर्नुपर्छ । (हेर्नुहोस् प्रतीकात्मक कार्य)

मुख्य पूजाहारीले आफ्‍ना वस्‍त्रहरू च्याते (मर्कुस १४:६३ यूएलटी)

येशूका वचनहरूप्रतिको प्रतिक्रियामा, मुख्य पूजाहारीलाई यति धक्‍का लाग्‍यो कि उनले आफ्‍नो बाहिरी वस्‍त्र च्याते । (मर्कुस १४:६३ यूएसटी)

यहाँ यूएसटीले प्रस्‍ट बनाउँछ कि मुख्य पूजाहारीले दुर्घटनावशः आफ्‍नो वस्‍त्र च्यातेका होइनन् । यसले यो पनि प्रस्‍ट बनाउँछ कि उनले च्यातेको भनेको सम्भवतः उनको बाहिरी वस्‍त्र मात्रै थियो, र उनले यसो गरे किनभने उनले देखाउन चाहन्थे कि उनी निराश वा रिसाएका वा दुवै थिए ।

किनभने मुख्य पूजाहारीले वास्तवमै उनको वस्‍त्र च्याते, यूएसटीले पनि, अवश्‍य पनि उनले त्यसो गरे भनेर भन्‍नुपर्छ । तापनि, यदि प्रतीकात्मक कार्य वास्तवमा कहिल्यै भएन भने, तपाईंले त्यो कार्यलाई उल्‍लेख गर्नुपर्दैन । यहाँ एउटा त्यस्तो उदाहरण छः

त्यसलाई तिमीहरूको बडाहाकिमकहाँ प्रस्तुत गर; के तिनले तिमीहरूलाई स्वीकार गर्नेछन् वा के तिनले तिमीहरूको मुहार उठाउनेछन् ?” (मलाकी १:८ यूएलटी)

तिमीहरूले त्यस्तो उपहारहरू तिमीहरूको आफ्‍नो बडाहाकिमलाई चढाउने आँट गर्नेछैनौ ! तिमीहरू जान्दछौ कि तिनले ती लिनेछैनन् । तिमीहरू जान्दछौ कि तिनी तिमीहरूसँग बेखुशी हुनेछन् र तिमीहरूलाई स्वागत गर्नेछैनन् ! (मलाकी १:८ यूएसटी)

यहाँ “कसैको मुहार उठाउनु” जस्तो प्रतीकात्मक कार्य, जसलाई यूएलटीमा यसरी नै जनाइएको छ, त्यसको अर्थको रूपमा मात्रै यूएसटीमा प्रस्तुत गरिएको छः “तिनी तिमीहरूसँग बेखुशी हुनेछन् र तिमीहरूलाई स्वागत गर्नेछैनन् ।” यसलाई यसरी प्रस्तुत गर्न सकिन्छ किनभने मलाकीले वास्तवमै घटेको कुनै खास घटनालाई वास्तवमा जनाइरहेका छैनन् । उनले केवल त्यस घटनाद्वारा प्रतिनिधित्व गरिएको विचारलाई मात्र जनाइरहेका छन् ।

कर्म वाच्यमा प्रयोग हुने क्रियापद भएका प्रारूपहरू

दुवै बाइबलीय हिब्रू र ग्रीकले धेरैपटक कर्म वाच्यमा प्रयोग हुने क्रियापद भएका प्रारूपहरूलाई प्रयोग गर्छन्, जबकि धेरै अरू भाषाहरूमा त्यसो गर्ने सम्भावना हुँदैन । यूएलटीले कर्म वाच्यमा प्रयोग हुने क्रियापद भएका प्रारूपहरूलाई प्रयोग गर्ने कोसिस गर्छ जब मूल भाषाहरूले तिनलाई प्रयोग गर्छन् । तापनि, यूएसटीले सामान्यतया यी कर्म वाच्यमा प्रयोग हुने क्रियापद भएका प्रारूपहरूलाई प्रयोग गर्दैन । फलस्वरूप, यूएसटीले थुप्रै वाक्यांशहरूलाई पुनः संरचना दिन्छ

जब तपाईंले अनुवाद गर्नुहुन्छ, यहाँ दिइएका उदाहरणहरू जस्तै गरेर, लक्षित भाषाले घटनाहरू वा अवस्थाहरूलाई कर्म वाच्यको अभिव्यक्तिहरूको प्रयोग गरेर प्रस्तुत गर्न सक्‍छ वा सक्‍दैन भनेर तपाईंले निधो गर्नुपर्छ । यदि कुनै खास सन्दर्भमा तपाईंले कर्म वाच्यको प्रारूपलाई प्रयोग गर्न सक्‍नुहुँदैन भने, तब त्यस वाक्यांशलाई पुनः संरचना दिने कुनै सम्भव तरिकालाई यूएसटीमा पाउन सक्‍नुहुनेछ । (हेर्नुहोस् कर्तृ वा कर्म)

बाइबलबाट उदाहरणहरू

किनकि तिनीहरूले पक्रेका माछामा तिनी अचम्‍मित भएका थिए, र तिनीसँग भएका सबै अचम्‍मित भएका थिए । (लूका ५:९ यूएलटी)

उनले यसो भने किनभने तिनीहरूले पक्रेका ठूलो सङ्ख्याको माछामा तिनले अचम्‍म माने तिनीसँग भएका सबै मानिसहरूले पनि अचम्‍म माने । (लूका ५:९ यूएसटी)

यहाँ यूएसटीले “अचम्‍मित भएका थिए” भन्‍ने कर्म वाच्यमा भएको यूएलटीको क्रियापदको साटोमा “उनले अचम्‍म माने” भन्‍ने कर्तृ वाच्यमा भएको क्रियापदलाई प्रयोग गर्छ ।

उहाँले सिकाउनुभएको सुन्‍न र तिनीहरूका बिमारहरूबाट निको पारिनलाई मानिसहरूका ठूला भीडहरू एकसाथ आए । (लूका ५:१५ यूएलटी)

परिणाम यो भयो कि ठूला भीडहरू येशूले सिकाउनुभएको सुन्‍न र उहाँले तिनीहरूका बिमारहरूबाट तिनीहरूलाई निको पारिदिनका लागि उहाँकहाँ आए । (लूका ५:१५ यूएसटी)

यहाँ “निको पारिन” भन्‍ने कुरामा भएको यूएलटीको कर्म वाच्यमा प्रयोग हुने क्रियापदको प्रारूपलाई यूएसटीले पन्साउँछ । यसले वाक्यांशलाई पुनः संरचना दिएर यसो गर्छ । यसले निको पार्नुहुने को हुनुहुन्छ भनेर बताउँछः “उहाँले [येशूले] तिनीहरूलाई निको पारिदिनका लागि ।”

अलङ्कारहरू र अन्य भाषाका अलङ्कारहरू

परिभाषा - यूएलटीले बाइबलीय खण्‍डमा पाइने भाषाका अलङ्कारहरूलाई सम्भव भएसम्‍म नजिकबाट प्रतिनिधित्व गर्ने कोसिस गर्छ ।

यूएसटीले धेरैपटक यी विचारहरूको अर्थलाई अरू तरिकाहरूमा प्रस्तुत गर्छ ।

जब तपाईंले अनुवाद गर्नुहुन्छ, भाषाको कुनै अलङ्कारलाई कम प्रयत्नका साथ, केही प्रयत्नका साथ, वा बिना कुनै प्रयत्न लक्षित भाषाका पाठकहरूले बुझ्‍नेछन् वा छैनन् भनेर तपाईंले निधो गर्नुपर्ने हुनेछ । यदि बुझ्‍नका लागि तिनीहरूले धेरै प्रयत्न गर्नुपर्ने हुन्छ, वा यदि तिनीहरूले बिल्‍कुलै बुझ्‍दैनन् भने, तपाईंले भाषाको अलङ्कारको जरुरी अर्थलाई अन्य शब्दहरू प्रयोग गरेर प्रस्तुत गर्नुपर्ने हुनेछ ।

उहाँले हर प्रकारमा तिमीहरूलाई धनी बनाउनुभएको छ, सारा बोलीमा र सारा ज्ञानका साथ । (१ कोरिन्थीहरू १:५ यूएलटी)

ख्रीष्‍टले तिमीहरूलाई कति धेरै कुराहरू दिनुभएको छ । उहाँले तिमीहरूलाई उहाँको सत्यता बोल्‍न र परमेश्‍वरलाई चिन्‍न सहायता गर्नुभयो । (१ कोरिन्थीहरू १:५ यूएसटी)

पावलले भौतिक सम्पत्तिको अलङ्कारलाई प्रयोग गर्छन्, जुन “धनी” भन्‍ने शब्दमा व्यक्त भएको छ । “सारा बोलीमा र सारा ज्ञानका साथ” भन्‍ने कुराद्वारा उनले भन्‍न खोजेका कुरालाई उनले तुरुन्तै व्याख्या गरेतापनि, केही पाठकहरूले नबुझ्‍न सक्‍छन् । यूएसटीले भौतिक सम्पत्तिको अलङ्कारलाई प्रयोग नगरिकन त्यस विचारलाई फरक ढङ्गले प्रस्तुत गर्छ । (हेर्नुहोस् अलङ्कार)

म तिमीहरूलाई ब्वाँसोहरूको बीचमा भेडाहरूको रूपमा बाहिर पठाउँछु, (मत्ती १०:१६ यूएलटी)

जब म तिमीहरूलाई बाहिर पठाउँछु, तिमीहरू ब्वाँसोहरू जत्तिकै डरलाग्‍दा मानिसहरूको बीचमा, भेडाहरूसमान बचाउविहीन हुनेछौ । (मत्ती १०:१६ यूएसटी)

येशूले एउटा उपमाको प्रयोग गर्छ जसले उहाँका प्रेरितहरू अरूहरूकहाँ जाने कुरालाई भेडाहरू ब्वाँसोहरूको माझमा गएको कुरासँग तुलना गर्छ । प्रेरितहरू कसरी भेडाहरूसमान हुनेछन् अनि अरू मानिसहरू चाहिँ ब्वाँसोहरूसमान हुनेछन् भनेर केही पाठकहरूले नबुझ्‍न सक्‍छन् । यूएसटीले स्‍पष्‍ट बनाउँछ कि प्रेरितहरू बचाउविहीन हुनेछन्, अनि तिनीहरूका शत्रुहरू डरलाग्‍दा हुनेछन् । (हेर्नुहोस् उपमा)

तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ, तिमीहरू सबै जो व्यवस्थाद्वारा “धर्मी ठहराइएका छौ” । तिमीहरू अनुग्रहबाट खसेका छौ । (गलातीहरू ५:४ यूएलटी)

यदि परमेश्‍वरले उहाँको नजरमा तिमीहरूलाई असल घोषणा गर्नुभएको तिमीहरूले अपेक्षा गर्छौ भने, किनभने तिमीहरू व्यवस्थाको पालना गर्ने कोसिस गर्छौ, तिमीहरूले आफैँलाई ख्रीष्‍टबाट अलग गरेका छौ; परमेश्‍वरले तिमीहरूप्रति अबउसो दयालु व्यवहार गर्नुहुनेछैन । (गलातीहरू ५:४ यूएसटी)

पावलले व्यङ्ग्यको प्रयोग गर्छन् जब उनले तिनीहरूलाई व्यवस्थाद्वारा धर्मी ठहराइएको रूपमा जनाउँछन् । उनले तिनीहरूलाई अघि नै सिकाएका थिए कि कोही पनि व्यवस्थाद्वारा धर्मी ठहरिन सक्दैन । तिनीहरू व्यवस्थाद्वारा धर्मी ठहराइएका थिए भनेर पावलले वास्तवमा विश्‍वास गर्दैनथे भनेर देखाउनका लागि यूएलटीले “धर्मी ठहराइएको” भन्‍ने कुरामा उद्धरण चिन्हहरूको प्रयोग गर्छ । अरू मानिसहरूले विश्‍वास गरेका कुरा त्यही थियो भनेर प्रस्‍ट बनाएर यूएसटीले त्यही विचारलाई अनुवाद गर्छ । (हेर्नुहोस् व्यङ्ग्य)

भाववाचक अभिव्यक्तिहरू

यूएलटीले धेरैपटक भाववाचक नामपदहरू, विशेषणहरू, र भाषाका अन्य भागहरूलाई प्रयोग गर्छ, किनभने यसले बाइबलीय खण्‍डहरूलाई नजिकबाट जस्ताको तस्तै प्रस्तुत गर्ने कोसिस गर्छ । यूएसटीले त्यस्ता भाववाचक अभिव्यक्तिहरूलाई प्रयोग नगर्न कोसिस गर्छ, किनभने धेरै भाषाहरूले भाववाचक अभिव्यक्तिहरूको प्रयोग गर्दैनन् ।

जब तपाईंले अनुवाद गर्नुहुन्छ, लक्षित भाषाले यी विचारहरूलाई कसरी प्रस्तुत गर्न रुचाउँछ भन्‍ने कुरालाई तपाईंले निधो गर्नुपर्ने हुनेछ । (हेर्नुहोस् भाववाचक नामपदहरू)

उहाँले तिमीहरूलाई हर प्रकारमा धनी बनाउनुभएको छ, सारा बोलीमा र सारा ज्ञानका साथ । (१ कोरिन्थीहरू १:५ यूएलटी)

ख्रीष्‍टले तिमीहरूलाई कति धेरै कुराहरू दिनुभएको छ । उहाँले तिमीहरूलाई उहाँको सत्यता बोल्‍नपरमेश्‍वरलाई चिन्‍न सहायता गर्नुभयो । (१ कोरिन्थीहरू १:५ यूएसटी)

यहाँ यूएलटीका अभिव्यक्तिहरू “सारा बोली” र “सारा ज्ञान” भनेका भाववाचक नामपद अभिव्यक्तिहरू हुन् । तिनीहरूसँगको एउटा समस्या भनेको पाठकहरूलाई थाहा नहुन सक्‍छ कि कसले बोल्‍ने काम गर्नुपर्छ र तिनीहरूले बोल्‍नुपर्ने कुरा के हो, वा कसले थाहा गर्ने काम गरिरहेको छ र तिनीहरूलाई थाहा भएको कुरा के हो । यूएसटीले यी प्रश्‍नहरूको जवाफ दिन्छ ।

निष्कर्ष

सारांशमा, यूएलटीले तपाईंलाई अनुवाद गर्न सहायता गर्नेछ किनभने यसले तपाईंलाई मूल बाइबलीय खण्‍डहरूमा कस्तो प्रारूप थियो भनेर बुझ्‍नमा धेरै हदसम्‍म मदत गर्न सक्‍छ । यूएसटीले तपाईंलाई अनुवाद गरन मदत गर्नेछ किनभने यसले यूएलटीका खण्‍डहरूलाई प्रस्‍ट बनाउन सहायता गर्न सक्‍छ, र यसकारणले पनि कि यसले बाइबलीय खण्‍डमा भएका विचारहरूलाई तपाईंको आफ्‍नै अनुवादमा प्रस्‍ट बनाउन विभिन्‍न सम्भाव्य तरिकाहरू दिन सक्‍छ ।