ne_ta/translate/translate-symaction/01.md

10 KiB

विवरण

प्रतीकात्मक कार्य भनेको केही त्यस्तो कुरा हो जुन कसैले कुनै खास अवधारणालाई व्यक्त गर्नका लागि गर्छ । उदाहरणका लागि, केही समाजहरूमा मानिसहरूले “हो” भन्‍नका लागि टाउको माथि तल हल्‍लाउँछन् वा “होइन” भन्‍नका लागि टाउकोलाई यताउता फर्काउँछन् । प्रतीकात्मक कार्यहरूको अर्थ सबै समाजहरूमा एउटै हुँदैन । बाइबलमा, कहिलेकाहीँ मानिसहरूले प्रतीकात्मक कार्य गर्छन् र कहिलेकाहीँ तिनीहरूले प्रतीकात्मक कार्यलाई केवल जनाउँछन् ।

प्रतीकात्मक कार्यहरूका उदाहरणहरू

  • केही समाजहरूमा मानिसहरूले कसैलाई भेट्दा तिनीहरू मैत्रीपूर्ण हुन राजी भइरहेका छन् भनेर देखाउनका लागि हात मिलाउँछन् ।
  • केही समाजहरूमा मानिसहरूले कसैलाई भेट्दा एक अर्कालाई आदर देखाउन निहुरिन्छन् ।

यो अनुवादको विषय हुनुको कारण

कुनै कार्यको एउटा समाजमा एउटा अर्थ हुन सक्‍छ, र अर्को समाजमा फरक अर्थ वा बिल्‍कुलै कुनै अर्थ बिनाको हुन सक्‍छ । उदाहरणका लागि, केही समाजहरूमा आँखीभौँ उचाल्‍नुको अर्थ “म अचम्‍मित भएको छु” वा “तिमीले के भन्यौ ?” भन्‍ने हुन्छ । अन्यमा यसको अर्थ “हो” भन्‍ने हुन्छ ।

बाइबलमा मानिसहरूले त्यस्ता कार्यहरू गर्थे जसको तिनीहरूको संस्कारमा केही खास अर्थहरू हुन्थ्यो । जब हामीले बाइबललाई पढ्छौँ, यदि हामीले कार्यलाई त्यसको अर्थ हाम्रो आफ्‍नै समाजमा के हुन्छ भनेर उल्‍था गर्‍यौँ भने, कसैले के भन्‍न खोजेको थियो भनेर हामीले नबुझ्‍न सक्‍छौँ ।

बाइबलमा भएका मानिसहरूले प्रतीकात्मक कार्यहरूको प्रयोग गर्दा तिनीहरूले के भन्‍न खोजेका थिए भनेर अनुवादकहरूले बुझ्‍न जरुरी हुन्छ । यदि त्यो कार्यको अर्थ तिनीहरूको आफ्‍नो समाजमा एउटै हुँदैन भने, त्यो कार्यले दिएको अर्थलाई कसरी अनुवाद गर्ने भनेर तिनीहरूले पत्ता लगाउनुपर्छ ।

बाइबलबाट उदाहरणहरू

याइरस येशूको पाउमा परे । (लूका ८:४१ यूएलटी)

प्रतीकात्मक कार्यको अर्थः उनले येशूलाई महान् आदर देखाउनलाई यसो गरे ।

हेर, म ढोकमा उभिन्छु र ढकढक्याउँछु । यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्‍छ भने, म उसको घरभित्र आउनेछु, र उससँग भोजन खानेछु, र उसले मसँग खानेछ । (प्रकाश ३:२० यूएलटी)

प्रतीकात्मक कार्यको अर्थः जब मानिसहरूले कसैले तिनीहरूलाई आफ्‍नो घरमा स्वागत गरेको चाहन्थे, तिनीहरू ढोकामा उभिन्थे र त्यसमा ढकढक्याउँथे ।

अनुवादका रणनीतिहरू

यदि कुनै प्रतीकात्मक कार्यले बाइबलमा भएका मानिसहरूलाई भनेको अर्थलाई मानिसहरूले ठीक तरिकाले बुझ्‍छन् भने, त्यसलाई प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् । यदि त्यसो होइन भने, त्यसलाई अनुवाद गर्नका लागि यहाँ केही रणनीतिहरू दिइएका छन् ।

१. त्यो व्यक्तिले के गर्‍यो र उसले त्यो किन गर्‍यो भनेर बताउनुहोस् । २. त्यो व्यक्तिले के गर्‍यो भनेर नभन्‍नुहोस्, तर उसले भन्‍न खोजेको के थियो भनेर बताउनुहोस् । ३. तपाईंको आफ्‍नै समाजबाटको कार्यलाई प्रयोग गर्नुहोस् जसको उही अर्थ हुन्छ । यस्तो चाहिँ कविता, दृष्‍टान्तहरू, र प्रवचनहरूमा मात्रै गर्नुहोस् । यस्तो तब नगर्नुहोस् जब त्यहाँ साँच्‍चै कोही व्यक्ति थियो जसले कुनै खास कार्य गर्‍यो ।

अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू

१. त्यो व्यक्तिले के गर्‍यो र उसले त्यो किन गर्‍यो भनेर बताउनुहोस् ।

  • याइरस येशूको पाउमा परे । (लूका ८:४१ यूएलटी)
    • याइरसले येशूलाई धेरै आदर गर्थे भनेर देखाउनका लागि तिनी उहाँको पाउमा परे ।
  • हेर, म ढोकमा उभिन्छु र ढकढक्याउँछु । (प्रकाश ३:२० यूएलटी)
    • हेर, मलाई भित्र आउन देऊ भनी तिमीलाई भन्दै म ढोकामा उभिन्छु र त्यसमा ढकढक्याउँछु ।

२. त्यो व्यक्तिले के गर्‍यो भनेर नभन्‍नुहोस्, तर उसले भन्‍न खोजेको के थियो भनेर बताउनुहोस् ।

  • याइरस येशूको पाउमा परे । (लूका ८:४१)
    • याइरसले येशूलाई महान् आदर देखाए ।
  • हेर, म ढोकमा उभिन्छु र ढकढक्याउँछु । (प्रकाश ३:२०)
    • हेर, म ढोकामा उभिन्छु र मलाई भित्र आउन देऊ भनी तिमीलाई अनुरोध गर्छु ।

३. तपाईंको आफ्‍नै समाजबाटको कार्यलाई प्रयोग गर्नुहोस् जसको उही अर्थ हुन्छ ।

  • याइरस येशूको पाउमा परे । (लूका ८:४१ यूएलटी) - किनकि याइरसले वास्तवमै यो कार्य गरेका हुन्, हामी हाम्रो आफ्‍नो समाजबाटको कुनै कार्यलाई यसमा राख्‍नेछैनौँ ।
  • हेर, म ढोकमा उभिन्छु र ढकढक्याउँछु । (प्रकाश ३:२० यूएलटी) - येशू कुनै वास्तविक ढोकाको अगाडि उभिरहनुभएको थिएन । बरु उहाँले मानिसहरूसँग सम्बन्ध बनाउने चाहनाको विषयमा कुरा गरिरहनुभएको थियो । यसैले ती समाजहरूमा जहाँ घरभित्र प्रवेश पाउने इच्‍छा गर्दा गला सफा गरेको आवाज निकाल्‍नु नम्रता मानिन्छ, तपाईंले त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ ।
    • हेर, म ढोकामा उभिन्छु र मेरो गला सफा गरेको आवाज निकाल्‍छु ।