ne_tw/bible/other/winnow.md

3.5 KiB
Raw Permalink Blame History

निफन्‍नु, छान्‍नु

परिभाषा:

“निफन्‍नु” वा “छान्‍नु”को अर्थ अनावश्यक सामाग्रीहरूबाट अन्‍न अलग गर्नु हो । बाइबलमा, यी दुवै शब्दहरूलाई मानिसहरूलाई छुट्याउनु वा विभाजन गर्नु भन्‍ने जनाउन पनि प्रयोग गरिएको छ ।

  • "निफन्‍नु"को अर्थ अन्‍न र भूस दुवैलाई हावामा फ्याँकेर भुसलाई हावामा उडेर जान लगाएर अन्‍नलाई बिरुवाको अनावश्यक भागहरूबाट अलग गर्नु हो ।
  • “छान्‍नु”को अर्थ निफनेको अन्‍नलाई चाल्‍नामा राखेर फोहोर वा ढुङ्‍गाजस्ता अनावश्यक वस्तुहरू अन्‍नबाट अलग गर्न हल्लाउने क्रियालाई जनाउँछ ।
  • पूरानो करारमा, “निफन्‍नु” र “छान्‍नु” भन्‍ने शब्दहरूलाई धर्मी मानिसहरूलाई अधर्मीहरूबाट छुटाउने कठिनाइलाई आलंकारिक रूपमा वर्णन गर्नको निम्ति प्रयोग गरिएका छन् ।
  • सिमोन पत्रुस र अरू चेलाहरूका विश्‍वासको जाँच हुने छ भनी येशूले बताउँदा उहाँले यसलाई आलंकारिक रूपमा प्रयोग गर्नुभएको थियो ।
  • लक्षित भाषाहरूमा यी शब्दहरू अनुवाद गर्ने, यी गतिविधिहरूलाई जनाउने सम्भावित अनुवादहरू "हल्लाउने" वा "हम्काउने" हुन सक्छन् । यदि निफन्‍ने वा छान्‍ने (चाल्ने) कुरा थाहा छैन भने, यी प्रकृयालाई वर्णन गरेर अन्‍नबाट फोहोर वा भुस छुट्टाउने अर्कै विधि जनाउने शब्दहरू प्रयोग गरेर अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: भुस, अन्‍न)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2219, H5128, H5130, G44250, G46170