ne_tw/bible/other/grain.md

2.0 KiB
Raw Permalink Blame History

अन्‍न, खेत

परिभाषा:

“अन्‍न” शब्दले सामान्यतयाः गहुँ, जौँ, मकै, कोदो वा धानजस्ता खाद्यन्‍न बालीका दानालाई जनाउँछ । यसले पुरै बिरुवालाई पनि जनाउन सक्छ ।

  • बाइबलमा उल्लेख भएका मुख्य अन्‍नहरू गहुँ र जौँ हुन् ।
  • अन्‍नका बालाहरू बिरुवाका भाग हुन्, जहाँ अन्‍न फल्छन् ।
  • ख्याल गर्नु होला, बाइबलका केही पुराना संस्करणहरूले सामान्यतयाः अन्‍नलाई जनाउन “मकै” (अंग्रेजीमा corn) शब्दको प्रयोग गर्छन् । तर आधुनिक अंग्रेजीमा “मकै (corn)” शब्दले एक किसिमको अन्‍नलाई मात्र जनाउँछ ।

(यो पनि हेर्नुहोस्: बाला, गहुँ)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1250, H1430, H1715, H2233, H2591, H3759, H3899, H7054, H7383, H7641, H7668, G02480, G25900, G34500, G46210, G47190