ne_tw/bible/other/well.md

4.7 KiB
Raw Permalink Blame History

कुण्ड, इनार

परिभाषा:

“इनार” र “कुण्ड” शब्दहरूले बाइबलको समयमा पानीका दुई भिन्‍न किसिमका स्रोतहरूलाई जनाउँछन् ।

  • इनार जमिनमा खनेको गहिरो खाल्डो हो जसमा भूमिगत पानी जम्‍मा हुन सकोस् ।
  • कुण्ड चट्टानमा खनेको गहिरो खाल्डो हो जुन वर्षाको पानी संकलन गरेर राख्‍ने ट्याङ्कीको रूपमा प्रयोग गरिन्थ्यो ।
  • कुण्डहरू सामान्यतयाः चट्टानमा खनेर पानी नचुओस् भनी प्लास्टरले टालेर राखिन्थ्यो । प्लास्टर फुटेर पानी बाहिर निस्केको कुण्ड "फुटेको कुण्ड" हुन्थ्यो ।
  • छानाबाट बगेर आएको वर्षाको पानी जम्मा पार्न कुण्ड प्रायः मानिसहरूको घरको आँगन क्षेत्रमा हुन्थे ।
  • इनारहरू प्रायः केही परिवार वा सम्पूर्ण समुदायको पहुँचमा हुने स्थानमा हुन्थ्यो ।
  • मानिसहरू र पशु दुवैको लागि पानी धेरै महत्त्वपूर्ण भएकोले, इनार प्रयोग गर्ने अधिकार अक्सर झगडा र द्वन्द्वको कारण बन्थ्यो ।
  • कुनै पनि कुरा यसमा नखसोस् भनी इनारहरू र कुण्डहरू दुवैलाई सामान्यतयाः ठुलो ढुङ्गाले ढाकिएको हुन्थ्यो । पानीलाई तानेर निकाल्नको लागि अक्सर त्यहाँ बाल्टिन वा भाँडो डोरीमा बाँधेर राखिएको हुन्थ्यो ।
  • कहिलेकाहीँ सुक्खा कुण्डलाई जोसेफ र यर्मियालाई जस्तै कसैलाई कैद गर्ने ठाउँको रूपमा प्रयोग गरिन्थ्यो ।

अनुवादका निम्ति सुझावहरूः

  • “इनार”लाई “गहिरो पानीको खाल्डो” वा “मूलको पानीको निम्ति गहिरो खाडल” वा “पानी निकाल्नको निम्ति गहिरो खाल्डो” भनी भिन्‍न किसिमले अनुवाद गर्न सकिन्छ ।
  • “कुण्ड”लाई “पानीको निम्ति डुङ्गाको खाडल” वा “पानीको निम्ति गहिरो र साँगुरो खाडल” वा “पानी जम्मा गर्नको निम्ति भूमिगत ट्याङ्की” भनेर अनुवाद गर्न सकिन्छ ।
  • यी शब्दहरूको अर्थ मिल्दोजुल्दा छन् । यी दुई बिच मुख्य भिन्‍नता भनेको इनारमा जमिनमुनिबाट पानी आइरहन्छ भने कुण्ड सामान्यतयाः आकाशबाट परेको पानीलाई जाम्‍मा गर्ने ट्याङ्‌की हो ।

(यो पनि हेर्नुहोस्: यर्मिया, झ्यालखान, कलह)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0875, H0883, H0953, H1360, H4599, H4726, H4841, G40770, G54210