ne_tw/bible/other/vineyard.md

1.5 KiB
Raw Permalink Blame History

दाखबारी

परिभाषा:

दाखबारी एउटा ठुलो बगैँचा क्षेत्र हो, जहाँ दाखका बोटहरू रोपिन्छन् र दाखहरू उमारिन्छन् ।

  • चोरहरू र जनावरहरूबाट जोगाउन अक्सर दाखबारीको चारैतिर पर्खाल लगाइन्छ ।
  • परमेश्‍वरले इस्राएल जातिलाई असल फल नफलाउने दाखबारीसित तुलना गर्नुभयो । (हेर्नुहोस्ः रूपक)
  • दाखबारीलाई “दाखको बगैँचा” वा “अङ्‌गुर उद्यान” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्ः अङ्गुर, इस्राएल, दाख)

शब्द विवरणः

शब्द वविवरणः

  • Strongs: H1612, H3754, H3755, H8284, G02900