ne_tw/bible/other/grape.md

2.6 KiB
Raw Permalink Blame History

दाख, दाखको बोट

परिभाषा:

दाख सानो, गोलो, चिल्लो बोक्रा भएको एउटा रसिलो फल हो, जुन दाखका बोटहरूमा झुप्पामा फल्छ । दाखको रसलाई दाखमद्य बनाउनमा प्रयोग गरिन्छ ।

  • दाख विभिन्‍न रङका हुन्छन्, जस्तैः हरियो, बैजनी वा रातो आदि ।
  • एउटा दाखको आकार एकदेखि तीन सेन्टिमिटरसम्मको हुन सक्छ ।
  • मानिसहरूले दाखबारी भनिने बगैँचामा दाख उमार्छन् । यो सामन्तयाः दाखका बोटहरूका लहरहरूले बनेको हुन्छ ।
  • बाइबलको समयमा दाख निकै महत्त्वपूर्ण खाना थियो, र दाखबारीहरू हुनु भनेको धनी भएको चिन्‍ह थियो ।
  • दाखलाई सड्नदेखि बचाउन मानिसहरूले त्यसलाई अक्सर सुकाउँथे । सुकेको दाखलाई “किसमिस” भनिन्छ, र यसलाई किसमिस केक बनाउन प्रयोग गरिन्थ्यो ।
  • आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यको विषयमा सिकाउन येशूले एउटा दाखबारीको दृष्‍टान्त भन्‍नुभयो ।

(यो पनि हेर्नुहोस्: दाख, दाखबारी, दाखमद्य)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0811, H0891, H1154, H1155, H1210, H3196, H5955, H6025, H6528, G02880, G47180