ne_tw/bible/other/proverb.md

2.1 KiB
Raw Permalink Blame History

कहावत (जनोक्ति)

परिभाषा:

कहावत केही ज्ञान वा सत्यता व्यक्‍त गर्ने एउटा छोटो कथन हो ।

  • कहावतहरू शक्तिशाली हुन्छन्, किनकि तिनीहरू सम्झन र दोहोर्‍याउन सजिला हुन्छन् ।
  • कहावतमा प्रायः दैनिक जीवनबाट लिइएका उदाहरणहरू हुन्छन् ।
  • केही कहावतहरू धेरै स्पष्‍ट र सरल हुन्छन्, जब कि अरूहरू बुझ्‍न अलि कठिन हुन्छन् ।
  • राजा सोलोमन उनको ज्ञानका लागि प्रख्यात थिए र उनले १००० भन्दा बढी हितोपदेशहरू लेखे ।
  • येशूले मानिसहरूलाई सिकाउनुहुँदा प्रायः कहावतहरू वा दृष्‍टान्तहरू प्रयोग गर्नुभयो ।
  • “कहावत”लाई “बुद्धिमतापूर्ण भनाइ” वा "सत्य कथन" भनी अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: सोलोमन, सत्य, बुद्धिमान)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2420, H4911, H4912, G38500, G39420