ne_tw/bible/kt/wise.md

4.5 KiB

बुद्धिमानी, बुद्धि

परिभाषा:

“बुद्धिमानी” शब्दले के कुरा सही र नैतिक छ भनेर बुझेर र सोही अनुसार गर्ने मानिसलाई जनाउँछ । “बुद्धि” भनेको साँचो र नैतिक रूपले सही कुराको पहिचान र अभ्यास हो ।

  • बुद्धिमानी हुनु भन्‍ने कुरामा परमेश्‍वरलाई प्रसन्‍न गराउने असल निर्णयहरू गर्ने क्षमता पनि संलग्‍न हुन्छ ।
  • बाइबलमा, “संसारिक बुद्धि” भनेको यस संसारका मानिसहरूले के बुद्धिमत्तापूर्वक छ भनेर विचार गर्छन् त्यसलाई लाक्षणिक रूपमा जनाउने तरिका हो, तर वास्तवमा तिनीहरूको सोच मुर्खतापूर्ण छ ।
  • परमेश्‍वरले भन्‍नुभएका कुराहरू सुनेर र वहाँका आज्ञाहरू पालन गरेर मानिस बुद्धिमान हुन्छन् ।
  • एउटा बुद्धिमान व्‍यक्‍तिले आफ्नो जीवनमा पवित्र आत्माका फलहरू धारण गर्छ, जस्तै आनन्द, दया, प्रेम र धैर्यता ।

अनुवादका लागि केहि सुझावहरू

  • सन्दर्भ अनुसार, “बुद्धिमानी” लाई “परमेश्‍वर प्रति आज्ञाकारी” वा “संवेदनशील र आज्ञाकारी” वा “परमेश्‍वरको भय राख्‍ने” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “बुद्धि” लाई “बुद्धिमानी जीवन” वा “संवेदनशील र आज्ञाकारी जीवन” वा “असल पहिचान” भन्‍ने अर्थ दिने गरेर अनुवाद गर्न सकिन्छ ।
  • “बुद्धिमानी” र “बुद्धि” लाई धार्मिक र आज्ञाकारी जस्ता मुख्य शब्दहरूभन्दा भिन्‍न तरिकामा अनुवाद गर्न उत्कृष्‍ट हुन्छ ।

(हेर्नुहोस्ः पालन, फल)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ६ः३
  • कलस्‍सी ३ः१५-१७
  • प्रस्‍थान ३१ः६
  • उत्‍पत्ति ३ः६
  • यशैया १९ः१२
  • यर्मिया १८ः१८
  • मत्ति ७ः२४

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • २ः५ उसले पनि बुद्धि प्राप्‍त गर्न चाहेर केही फलहरू टिपेर खाई ।
  • १८ः१ जब सोलोमनले बुद्धि मागे, परमेश्‍वर प्रसन्‍न हुनुभयो र उनलाई संसारको सबैभन्दा बुद्धिमान मानिस बनाउनुभयो ।
  • २३ः९ केही समय पछि, टाढा पूर्वका देशहरूबाट आएका ज्ञानी मानिसहरूले आकाशमा एउटा अचम्मको तारा देखे ।
  • ४५ः१ उनको (स्तिफनस) राम्रो मान थियो र उनी पवित्र आत्मा र बुद्धिले भरिपूर्ण थिए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0998, H1350, H2445, H2449, H2450, H2451, H2452, H2454, H2942, H3820, H3823, H6195, H6493, H6912, H7535, H7919, H7922, H8454, G46780, G46790, G46800, G49200, G54280, G54290, G54300