ne_tw/bible/other/prostitute.md

3.2 KiB
Raw Permalink Blame History

वेश्या, रन्डी, यौनकर्मी

परिभाषा:

“वेश्या” र “यौनकर्मी” दुवै शब्दले पैसा वा धार्मिक विधिका लागि यौन कृयाकलाप गर्ने व्यक्‍तिलाई जनाउछ । वेश्या वा यौनकर्मी सामान्यतयाः महिलाहरू हुन्थे, तर केही पुरुषहरू पनि थिए ।

  • बाइबलमा, कहिलेकाहीँ “वेश्या” शब्दलाई झुटो देवता पुज्‍ने वा मन्‍त्रतन्‍त्र गर्नेलाई आलङ्कारिक रूपमा जनाउनलाई प्रयोग गरिएको छ ।
  • “वेश्यावृत्ति गर्नु” को अर्थ यौनमा अनैतिक भएर यौनकर्मीजस्तो क्रियाकलाप गर्नु हो । बाइबलमा यसलाई पनि मूर्ति पुज्‍ने व्यक्तिलाई जनाउन प्रयोग गिरएको छ ।
  • “आफैँलाई वेश्या बनाउनु” को अर्थ यौनमा अनैतिक हुनु वा आलङ्कारिक रूपमा प्रयोग गर्दा झुटो देवतालाई पुजेर परमेश्‍वरप्रति बेइमान हुनु हो ।
  • प्रचीन समयमा, केही अयहूदी मन्दिरहरूमा तिनीहरूको विधिहरूको हिस्साको रूपमा पुरुष र महिला वेश्याहरूलाई प्रयोग गरिन्थ्यो ।
  • लक्षित भाषामा यो शब्दलाई यस्तो किसिमको व्यक्‍तिलाई जनाउने शब्द वा शब्द समूह प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । कुनै भाषाहरूमा यसलाई जनाउने शिष्‍टोक्‍ति शब्दावली पनि हुन सक्छ । (हेर्नुहोस्: शिष्टोक्‍ति)

(यो पनि हेर्नुहोस्: व्यभिचार, झुटो देवता, यौन अनैतिकता, झुटो देवता)

शब्द विवरणः

शब्द विवरणः

  • Strongs: H2154, H2181, H2183, H2185, H6945, H6948, H8457, G42040