ne_tw/bible/other/mourn.md

2.8 KiB
Raw Permalink Blame History

शोक गर्नु, शोक गर्ने, रूनु

तथ्यहरू:

“शोक गर्नु” र “शोक” शब्दहरूले प्रायः कसैको मृत्युप्रति व्यक्त गरिने गहन दुःखलाई जनाउँछन् ।

  • धेरै संस्कृतिहरूमा, शोकमा यो निराशा र दुःख प्रकट गर्ने खास बाह्य आचरणहरू पर्छन् ।
  • प्राचीन समयका इस्राएलीहरू र अरू मानिस समूहहरूले ठुलो स्वरमा विलाप र रोदनद्वारा शोक व्यक्त गर्थे । तिनीहरूले भाङ्‌ग्राको लुगा लगाउँथे र खरानी धस्थे ।
  • भाडामा लिइएका शोक गर्नेहरू, प्रायः महिलाहरू, मृत्युको समयदेखि मृत शरीरलाई चिहानमा राखेपछिसम्म चर्को स्वरमा रूने र विलौना गर्थे ।
  • शोकको खास अवधि सात दिन थियो, तर तिस दिन (मोशा र हारूनको रूपमा) वा सत्तरी दिन (याकूबको लागि) सम्म रहन सक्थ्यो ।
  • पापको कारण गरिने "शोक"को बारे बताउन बाइबलले यो शब्दलाई आलङ्‍कारिक रूपमा पनि प्रयोग गर्छ । यसले गहन रूपमा दुःख लागेको भावनालाई जानउँछ किनभने पापले परमेश्‍वर र मानिसहरूलाई चोट पुर्‍याउँछ ।

(यो पनि हेर्नुहोस्: भाङ्‍ग्र, पाप)

शब्द विवरणः

शब्द विवरणः

  • Strongs: H0056, H0057, H0060, H0205, H0578, H0584, H0585, H1058, H1065, H1068, H1671, H1897, H1899, H4553, H4798, H5092, H5098, H5110, H5594, H6937, H6941, H8386, G23540, G28750, G36020, G39960, G39970