ne_tw/bible/other/sackcloth.md

2.4 KiB
Raw Permalink Blame History

भाङ्ग्रा

परिभाषा:

भङ्ग्रा बाख्रा वा उँटको रौँले बनेको एउटा लुगा थियो। यो लुगा धेरै खस्रो र घोच्‍ने खालको हुन्थ्यो।

  • यसबाट बनेको कपडा लगाउने व्यक्तिलाई असहज हुने गर्दछ। शोक, शोक, वा नम्र पश्‍चत्ताप देखाउन भाङ्ग्रा लुगा लगाइयो।
  • वाक्यांश "भाङ्ग्रा र खरानी" शोक र पश्‍चत्तापको परम्परागत अभिव्यक्तिलाई जनाउने एक सामान्य शब्द थियो।

अनुवादका सुझावहरूः

  • यसलाई “जनावरको रौँले बनेको खस्रो लुगा” वा “बाख्राको रौँले बनेको कपडा” वा “खस्रो, घोच्‍ने खालको कपडा” भनी अनुवाद गर्न सकिन्छ।
  • यसलाई “खस्रो, घोच्‍ने विलाप गर्ने कपडा” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “भङ्ग्रा र खरानीमा बस्‍नु” लाई “घोच्‍ने खालको कपडा लगाएर र खरानीमा बसेर विलाप र अपमान भएको देखाउनु” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: खरानी, ​​ऊँट, बाख्रा, नम्र, शोक, पश्‍चत्ताप, चिन्ह)

बाइबल सन्दर्भहरूः

  • उत्पत्ती ३७:३४-३६
  • योना ३:४-५
  • लूका १०:१३-१५
  • मत्ती ११:२०-२२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H8242, G45260