ne_tw/bible/other/image.md

3.8 KiB
Raw Permalink Blame History

प्रतिमा, खोपिएको प्रतिमा, धातुको खोपिएको प्रतिमा, धातुको चित्र, मूर्ती

परिभाषा:

यी शब्दहरू झुटो देवताको पूजा गर्नलाई बनाइएका मूर्तिहरूलाई जनाउन प्रयोग गरिन्छन् । मूर्तिहरूको पूजा गर्ने सन्दर्भमा “प्रतिमा” शब्द “खोपिएको प्रतिमा” को संक्षिप्‍त रूप हो ।

  • “खोपिएको प्रतिमा” वा “खोपिएको स्वरूप” एउटा काठको वस्तु हो जसलाई खोपेर जनावर, व्यक्‍ति वा कुनै वस्तुजस्तो बनाइनएको हुन्छ ।
  • “साँचोमा राखेर बनाएको धातुको स्वरूप” भनेको धातुलाई पगालेर यसलाई साँचोमा खन्याएर कुनै वस्तु, जनावर वा व्यक्‍तिको आकार दिएर सृजना (बनाइएको) गरिएको वस्तु वा प्रतिमा हो ।
  • यी काठ र धातुका वस्तुहरू झुटा देवहरूको पूजा गर्नमा प्रयोग गरिन्थे ।
  • “प्रतिमा” शब्दले मूर्तिलाई उल्लेख गर्दा काठ वा धातुको वस्तुलाई जनाउन सक्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • मूर्तिलाई उल्लेख गर्दा “प्रतिमा” शब्दलाई “सालिक” वा “कुँदिएको मूर्ति” वा “खोपेर बनाइएको धार्मिक वस्तु” भनी अनुवाद गर्न सकिन्छ ।
  • मूल ग्रन्थमा “प्रतिमा” वा “स्वरूप” मात्र भएका ठाउँहरूमा पनि केही भाषाहरूमा सधैँ “खोपिएको प्रतिमा” वा “साँचोमा हलेर बनाइएको धातुको स्वरूप” जस्ता व्याख्यात्मक शब्दावलीहरू प्रयोग गर्दा अझै प्रस्ट हुन सक्छ ।
  • यो शब्द परमेश्‍वरको स्वरूपमा हुनु भनेको भन्दा फरक कुरो होस् ।

(यो पनि हेर्नुहोस्: झुटो देवता, परमेश्‍वर, झुटो देवता, परमेश्‍वरको स्वरूप)

अनुवादका निम्ति सुझावहरूः

शब्द विवरणः

  • Strongs: H0457, H1544, H2553, H4541, H4676, H4853, H4906, H5257, H5262, H5566, H6091, H6456, H6459, H6754, H6755, H6816, H8403, H8544, H8655, G15040, G51790