ne_tw/bible/kt/god.md

11 KiB

परमेश्‍वर

परिभाषा:

बाइबलमा शब्द “परमेश्‍वर” ले शून्यताबाट सारा विश्‍वको सृष्‍टि गर्नुहुने अनन्त अस्तित्वलाई जनाउँछ । परमेश्‍वर पिता, पुत्र र पवित्र आत्माको रूपमा अस्तित्वमा हुनुहुन्छ । परमेश्‍वरको व्यक्‍तिगत नाउँ “यहोवे” हो ।

  • परमेश्‍वर सधैँ अस्तित्वमा रहनुभएको छ । कुनै पनि थोक अस्तित्वमा आउनुअगि उहाँ अस्तित्वमा हुनुहुन्थ्यो, र उहाँ सदाको लागि अस्तित्वमा हुनुहुन्‍छ ।
  • उहाँ मात्र एक साँचो परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, जससित सारा विश्‍वमा भएका हरेक थोकमाथि अधिकार छ ।
  • परमेश्‍वर सिद्ध रूपमा धर्मी, असीमित रूपमा बुद्धिमान्, पवित्र, पापरहित, न्यायी, कृपालु र प्रेमिलो हुनुहुन्छ ।
  • उहाँ करार पालन गर्नुहुने परमेश्‍वर हुनुहुन्छ, जसले सधैँ आफ्ना प्रतिज्ञाहरू पुरा गर्नुहुन्छ ।
  • मानिसहरू परमेश्‍वरको आराधना गर्नलाई सृष्‍टि गरिए, र तिनीहरूले उहाँको मात्रै आराधना गर्नुपर्छ ।
  • परमेश्‍वरले आफ्नो नाउँलाई “यहोवे” भनी प्रकट गराउनुभयो, जसको अर्थ हुन्छ‒ “उहाँ हुनुहुन्छ” वा “म हुँ” वा “(सधैँ) अस्तित्वमा हुनुहुने जन ।”
  • बाइबलले झुटा “देवताहरू” को बारेमा पनि सिकाउँछ । ती निर्जीव मूर्तिहरू हुन्, जसलाई मानिसहरूले गलत तरिकाले पूजा गर्छन् ।

अनुवादका लागि सुझावहरूः

  • परमेश्‍वरलाई “ईश्‍वर” वा “सृष्‍टिकर्ता” वा “सर्वोच्‍च अस्तित्व” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “परमेश्‍वर” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा “सर्वोच्‍च सृष्‍टिकर्ता” वा “असीमित सार्वभौम परमप्रभु” वा “अनन्त सर्वोच्‍च अस्तित्व” पर्छन् ।
  • स्थानीय वा राष्‍ट्रिय भाषामा परमेश्‍वरलाई कसरी उल्लेख गरिन्छ भनी ख्याल गर्नुहोस् । अनुवाद गरिएको भाषामा “परमेश्‍वर” को लागि प्रयोग गरिने शब्द पहिले नै अस्तित्वमा भएको हुन सक्छ । त्यसो हो भने, माथि वर्णित एक मात्र साँचो परमेश्‍वरका गुणहरू त्यस नाउँसित मेल खान्छन् कि खाँदैनन् भनी निश्‍चित गर्नु महत्त्वपूर्ण हुन्छ ।
  • झुटा देवताबाट एक मात्र साँचो परमेश्‍वरलाई छुट्टयाउन धेरै भाषाहरूले यस शब्दको पहिलो अक्षरलाई ठुलो बनाउँछन् । (नोटः नेपाली भाषामा ठुलो र सानो वर्णमाला नभएकोले यसो गर्न सम्भव छैन)
  • “परमेश्‍वर” र “देवता” को निम्ति दुई बेग्लाबेग्लै शब्दको प्रयोग गरी यस भिन्‍नतालाई काम राख्‍न सकिन्छ ।
  • वाक्यांश “म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिस हुनेछन्” लाई “म परमेश्‍वरले यी मानिसहरूमाथि शासन गर्नेछु र तिनीहरूले मेरो आराधना गर्नेछन्” भनी अनुवाद गर्न सकिन्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः सृष्‍टि गर्नु, सृष्‍टि, सृष्‍टिकर्ता, झुटो देवता, देवता, परमेश्‍वर पिता, स्वर्गीय पिता, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, मूर्ति, परमेश्‍वरका पुत्र, पुत्र येशू, यहोवे)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०१:५-७
  • १ शमूएल १०:७-८
  • १ तिमोथी ०४:९-१०
  • कलस्सी ०१:१५-१७
  • व्यवस्था २९:१४-१६
  • एज्रा ०३:१-२
  • उत्पत्ति ०१:१-२
  • होशे ०४:११-१२
  • यशैया ३६:६-७
  • याकूब ०२:१८-२०
  • यर्मिया ०५:४-६
  • यूहन्‍ना ०१:१-३
  • यहोशू ०३:९-११
  • विलाप ०३:४०-४३
  • मीका ०४:४-५
  • फिलिप्पी ०२:५-८
  • हितोपदेश २४:११-१२
  • भजनसंग्रह ४७:८-९

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०१-०१) परमेश्‍वरले विश्‍व र यसमा भएका हरेक थोक छ दिनमा सृष्‍टि गर्नुभयो ।
  • (०१-१५) परमेश्‍वरले स्‍त्री र पुरुषलाई उहाँको आफ्नै स्वरूपमा बनाउनुभयो ।
  • (०५-०३) “म सर्वशक्‍तिमान् परमेश्‍वर हुँ । म तिमीहरूसित करार बाँध्‍नेछु ।”
  • (०९-१४) परमेश्‍वरले भन्‍नुभयो, “म हुँ जो म हुँ । तिनीहरूलाई भनिदेऊ, ‘म हुँ भन्‍नेले मलाई तपाईंहरूकहाँ पठाउनुभएको छ ।’ तिनीहरूलाई यो पनि भनिदेऊ ‘म यहोवे अर्थात् तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ । मेरो नाउँ सदासर्वदाको लागि यही नै हो’ ।”
  • (१०-०२) यी विपत्तिहरूद्वारा परमेश्‍वर नै फारो र मिश्रका सबै देवहरूभन्दा शक्‍तिशाली हुनुहुँदोरहेछ भनी उहाँले फारोलाई देखाउनुभयो ।
  • (१६-०१) इस्राएलीहरूले साँचो परमेश्‍वर यहोवेलाई पुज्‍नुको साटो कनानी देवहरूलाई पुज्‍न थाले ।
  • (२२-०७) तिमी मेरा पुत्र सर्वोच्‍च परमेश्‍वरका अगमवक्‍ता कहलाइनेछौ जसले मानिसहरूलाई मसीहलाई स्वीकार गर्ने मार्ग तयार पार्नुहुनेछ ।”
  • (२४-०९) एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । तर यूहन्‍नाले परमेश्‍वर पिता बोल्नुभएको सुने, र तिनले येशूलाई बप्‍तिस्मा दिँदा पुत्र येशू र पवित्र आत्मालाई देखे ।
  • (२५-०७) “केवल परमप्रभु तिम्रा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
  • (२८-०१) “एक मात्र असल हुनुहुन्छ जो परमेश्‍वर हुनुहुन्छ ।”
  • (४९-०९) तर परमेश्‍वरले संसारमा भएको हरेक व्यक्‍तिलाई यति धेरै प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो ताकि उहाँमा विश्‍वास गर्ने कोही पनि आफ्ना पापका लागि दण्डित नहोस् तर ऊ सदासर्वदा परमेश्‍वरसितै जिओस् ।
  • (५०-१६) तर कुनै दिन परमेश्‍वरले नयाँ स्वर्ग र नयाँ पृथ्वी सृष्‍टि गर्नुहुनेछ जुन सिद्ध हुनेछन् ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0136, H0305, H0410, H0426, H0430, H0433, H2486, H2623, H3068, H3069, H3863, H4136, H6697, G01120, G05160, G09320, G09350, G10960, G11400, G20980, G21240, G21280, G21500, G21520, G21530, G22990, G23040, G23050, G23120, G23130, G23140, G23150, G23160, G23170, G23180, G23190, G23200, G33610, G37850, G41510, G52070, G53770, G54630, G55370, G55380