ne_tw/bible/other/dove.md

2.9 KiB
Raw Permalink Blame History

ढुकुर, परेवा

परिभाषा:

ढुकुरहरू र परेवाहरू उस्तै देखिने दुई किसिमका खैरो रङ्गका साना चराहरू हुन् । ढुकुर प्रायः फिक्‍का रङ्गको लगभग सेतो हुन्छ ।

  • केही भाषाहरूमा यी दुई चराहरूको फरक फरक नाम हुन्छ तर अरूहरूले एउटै नाम प्रयोग गर्छन् ।
  • विशेष गरी ठुला जनावर किन्‍न नसक्‍ने मानिसहरूले ढुकुर र परेवाहरूलाई परमेश्‍वरको निम्ति बलिदान चढाउनको लागि प्रयोग गर्थे ।
  • जलप्रलयको पानी घट्दै जाँदैगर्दा एउटा ढुकुरले जैतूनको पात टिपेर नोआलाई ल्याइदिएको थियो ।
  • ढुकुरहरूले कहिलेकाहीँ शुद्धता, निर्दोषता, वा शान्तिको संकेत गर्छन् ।
  • यदि अनुवाद गरिएको ठाउँमा परेवाहरू र ढुकुरहरू छैनन् भने “ढुकुर नाम गरेको खैरो रङ्गको एउटा चरा” वा “(कुनै पनि स्थानीय चराजस्तै) एउटा सानो फुस्रो वा खैरो चरा” भनेर अनुवाद गर्न सकिन्छ ।
  • यदि उही पदमा ढुकुर र परेवा दुवैलाई उल्लेख गरिएको छ भने, सम्भव भएमा यी दुई चराहरूका निम्ति फरक फरक शब्दहरू प्रयोग गर्नु उत्तम हुन्छ ।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: जैतून, निर्दोष, शुद्ध)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1469, H1686, H3123, H8449, G40580