ne_tw/bible/other/olive.md

2.4 KiB
Raw Permalink Blame History

जैतून

परिभाषा:

जैतून भनेको जैतूनको रूखमा फल्ने सानो अन्डाकारको फल हो, जुन प्रायः भूमध्यसगरको वरिपरिको क्षेत्रमा पाइन्छ ।

  • जैतूनका रूखहरू साना सेतो फूल भएका सदैव हरियाली रहने ठुला किसिमका झाडी हो । तिनीहरू तातो वातावरणमा राम्ररी वृद्धि हुन्छन् र थोरै पानीमा पनि टिक्‍न सक्छन् ।
  • जैतूनको रूखको फलको रंग हरियो हुन्छ, र पाकेपछि त्यसको रंग कालो हुन्छ । जैतूनका फलहरू खाना र तेल निकाल्नको लागि उपयोगी थिए ।
  • जैतूनको तेल खाना पकाउनको, धार्मिक समारोहहरू र बत्ती बाल्नको लागि प्रयोग गरिन्थ्यो ।
  • बाइबलमा, कहिलेकाहीँ जैतूनको रूख र यसका हाँगाहरू मानिसहरूलाई जनाउनको निम्ति आलङ्कारिक रूपमा पनि प्रयोग गरिएको छ ।

(यो पनि हेर्नुहोस्: बत्ती, समुद्र, जैतून डाँडा)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2132, H3323, H8081, G00650, G16360, G16370, G25650