4.6 KiB
4.6 KiB
शुद्ध, शुद्ध पार्नु, शुद्धिकरण
परिभाषा:
“शुद्ध” हुनु भनेको कुनै दोष नभएको वा त्यहाँ नहुनु पर्ने कुनै पनि कुरा नमिसाइएको । शुद्ध पार्नु भनेको यसलाई सफा गर्नु र यसलाई दुषित र अशुद्ध बनाउने कुनै पनि कुरालाई हटाउनु हो ।
- पुरानो करारको व्यवस्थाको सन्दर्भमा, “शुद्ध पार्नु” र “शुद्धिकरण” ले मुख्यतयाः व्यक्ति वा वस्तुलाई विधिवत रूपमा अशुद्ध बनाउने रोग, शरीरबाट बहने कुराहरू, बलक जन्म जस्ता थोकहरूबाट सफा गर्नुलाई जनाउछ ।
- पुरानो करारमा मानिसहरू पापबाट कसरी शुद्ध हुने भनी बताउने व्यवस्था पनि थियो, सामान्यतयाः जनावरको बलिदानद्वारा शुद्ध हुन्थे । यो अस्थाइ मात्र थियो र बलिदानहरू पटक-पटक गरिरहनु पर्थ्यो ।
- नयाँ करारमा, शुद्ध हुनले प्रायः पापबाट शुद्ध हुनु भन्ने जनाउछ ।
- मानिसहरु पूर्ण रूपमा र स्थाइ रूपमा पापबाट शुद्ध हुने एउटै मात्र उपाय पश्चाताप र परमेश्वरको क्षमा प्राप्तद्वारा अर्थात् येशूमा र उहाँको बलिदानमा भरोसाद्वारा हो ।
अनुवादका निम्ति सुझावहरुः
- “शुद्ध पार्नु” लाई “शुद्ध बनाउनु” वा “सफा गर्नु” वा “सबै दुषित थोकलाई सफा गर्नु” वा “सबै पापबाट मुक्त हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
- “जब तिनीहरुका शुद्धिकरणको समय पुरा भयो” भन्ने वाक्यांशालाई यसरि अनुवाद गर्न सकिन्छ, “जब तिनीहरुले तोकिएका दिनहरूसम्म पर्खेर आफैँ शुद्ध पारेका थिए” भनी अनुवाद गर्न सकिन्छ ।
- “पापहरुको निम्ति शुद्धिकरण प्रदान गरियो” भन्ने वाक्यांशलाई “मानिसहरुलाई तिनीहरुका पापबाट पूर्ण रूपमा शुद्ध हुने उपाय दिइयो” भनी अनुवाद गर्न सकिन्छ ।
- “शुद्धिकरण” लाई अनुवाद गर्ने अरू उपायहरूमा “सफाइ” वा “आत्मिक धुवाई” वा “विधिवत रूपमा शुद्ध हुनु” ।
(हेर्नुहोस्ः प्रायश्चित्त, प्रायश्चित्त गर्नु, सफा गर्नु, सफा पार्नु, आत्मा, आत्मिक)
बाइबलका खण्डहरूः
- १ तिमोथी ०१:५-८
- प्रस्थान ३१:६-९
- हिब्रू ०९:१३-१५
- याकूब ०४:८-१०
- लूका ०२:२२-२४
- प्रकाश १४:३-५
- श्रेष्ठगीत ०५:२
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: H1249, H1252, H1253, H1305, H1865, H2134, H2135, H2141, H2212, H2398, H2403, H2561, H2889, H2890, H2891, H2892, H2893, H3795, H3800, H4795, H5343, H5462, H6337, H6884, H6942, H8562, G00480, G00490, G00530, G00540, G15060, G25110, G25120, G25130, G25140