ne_tw/bible/kt/purify.md

34 lines
4.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# शुद्ध, शुद्ध पार्नु, शुद्धिकरण
## परिभाषा:
“शुद्ध” हुनु भनेको कुनै दोष नभएको वा त्यहाँ नहुनु पर्ने कुनै पनि कुरा नमिसाइएको । शुद्ध पार्नु भनेको यसलाई सफा गर्नु र यसलाई दुषित र अशुद्ध बनाउने कुनै पनि कुरालाई हटाउनु हो ।
* पुरानो करारको व्यवस्थाको सन्दर्भमा, “शुद्ध पार्नु” र “शुद्धिकरण” ले मुख्यतयाः व्यक्‍ति वा वस्तुलाई विधिवत रूपमा अशुद्ध बनाउने रोग, शरीरबाट बहने कुराहरू, बलक जन्म जस्ता थोकहरूबाट सफा गर्नुलाई जनाउछ ।
* पुरानो करारमा मानिसहरू पापबाट कसरी शुद्ध हुने भनी बताउने व्यवस्था पनि थियो, सामान्यतयाः जनावरको बलिदानद्वारा शुद्ध हुन्थे । यो अस्थाइ मात्र थियो र बलिदानहरू पटक-पटक गरिरहनु पर्थ्यो ।
* नयाँ करारमा, शुद्ध हुनले प्रायः पापबाट शुद्ध हुनु भन्‍ने जनाउछ ।
* मानिसहरु पूर्ण रूपमा र स्थाइ रूपमा पापबाट शुद्ध हुने एउटै मात्र उपाय पश्‍चाताप र परमेश्‍वरको क्षमा प्राप्‍तद्वारा अर्थात् येशूमा र उहाँको बलिदानमा भरोसाद्वारा हो ।
## अनुवादका निम्ति सुझावहरुः
* “शुद्ध पार्नु” लाई “शुद्ध बनाउनु” वा “सफा गर्नु” वा “सबै दुषित थोकलाई सफा गर्नु” वा “सबै पापबाट मुक्‍त हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
* “जब तिनीहरुका शुद्धिकरणको समय पुरा भयो” भन्‍ने वाक्‍यांशालाई यसरि अनुवाद गर्न सकिन्छ, “जब तिनीहरुले तोकिएका दिनहरूसम्म पर्खेर आफैँ शुद्ध पारेका थिए” भनी अनुवाद गर्न सकिन्छ ।
* “पापहरुको निम्ति शुद्धिकरण प्रदान गरियो” भन्‍ने वाक्यांशलाई “मानिसहरुलाई तिनीहरुका पापबाट पूर्ण रूपमा शुद्ध हुने उपाय दिइयो” भनी अनुवाद गर्न सकिन्छ ।
* “शुद्धिकरण” लाई अनुवाद गर्ने अरू उपायहरूमा “सफाइ” वा “आत्मिक धुवाई” वा “विधिवत रूपमा शुद्ध हुनु” ।
(हेर्नुहोस्ः प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु, सफा गर्नु, सफा पार्नु, आत्मा, आत्मिक)
## बाइबलका खण्डहरूः
* १ तिमोथी ०१:५-८
* प्रस्थान ३१:६-९
* हिब्रू ०९:१३-१५
* याकूब ०४:८-१०
* लूका ०२:२२-२४
* प्रकाश १४:३-५
* श्रेष्‍ठगीत ०५:२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1249, H1252, H1253, H1305, H1865, H2134, H2135, H2141, H2212, H2398, H2403, H2561, H2889, H2890, H2891, H2892, H2893, H3795, H3800, H4795, H5343, H5462, H6337, H6884, H6942, H8562, G00480, G00490, G00530, G00540, G15060, G25110, G25120, G25130, G25140