ne_tw/bible/other/defile.md

3.8 KiB
Raw Permalink Blame History

अशुद्ध पार्नु, अशुद्ध परिएको, अपवित्र पार्नु

परिभाषा:

“अशुद्ध पार्नु” र “अशुद्ध पारिएको”ले प्रदूषित भएको वा फोहोर भएको कुरालाई जनाउँछ । कुनै पनि कुरालाई भौतिक, नैतिक वा धार्मिक रूपले अशुद्ध पार्न सकिन्छ ।

  • परमेश्‍वरले इस्राएलीहरूलाई उहाँले “अपवित्र” र “अशुद्ध” ठहराउनुभएका कुराहरू खाएर वा छोएर आफैँलाई अशुद्ध नपार्नू भनेर चेताउनी दिनुभयो ।
  • मृत शरीर र सरुवा रोगहरूजस्ता केही थोकलाई परमेश्‍वरले अशुद्ध घोषणा गर्नुभयो र ती कुराहरू छुने मानिसहरू अशुद्ध हुन्थे ।
  • परमेश्‍वरले इस्राएलीहरूलाई यौनसँग सम्बन्धित पापबाट टाढा रहने आज्ञा दिनुभयो । तिनीहरूले मानिसहरूलाई अशुद्ध पार्छन् र परमेश्‍वरका निम्ति उनीहरू अस्वीकार्य हुन्छन् ।
  • त्यस बेला केही विशेष प्रकारका शारीरिक प्रक्रियाहरू थिए जसले मानिसलाई शुद्ध पार्ने विधि पूरा नगरेसम्मको लागि अस्थायी रूपमा अशुद्ध पार्थ्यो ।
  • नयाँ करारमा येशूले पापमय सोचाइ र कामले मानिसलाई अशुद्ध पार्छ भन्‍ने शिक्षा दिनुभयो ।

अनुवादका निम्ति सुझावहरूः

  • “अपवित्र” शब्दलाई “अपवित्र तुल्याउनु” वा “अधर्मी तुल्याउनु” वा “विधिवत्‌ रूपमा अस्वीकार्य हुनु” भनी अनुवाद गर्न सकिन्छ ।

"अपवित्र हुनु" लाई "अपवित्र बन्‍नु" वा "नैतिक रूपमा अस्वीकार्य (परमेश्‍वरलाई)" वा "विधिवत्‌ रूपमा अस्वीकार्य बन्‍नु" भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्: अपवित्र, सफा)

बाइबलका सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H1351, H1352, H1602, H2490, H2491, H2610, H2930, H2931, G28390, G28400, G33920, G34350