ne_tw/bible/kt/clean.md

7.6 KiB

शुद्ध पार्नु, शुद्ध

परिभाषा:

क्रियापद “शुद्ध पार्नु” को शाब्दिक अर्थ हुन्छ‒ कुनै धुलो वा दाग नराख्‍नु । बाइबलमा “चोखो,” “पवित्र” वा “पापबाट मुक्‍त” भन्‍ने अर्थमा यसलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • “शुद्ध” शब्द कुनै कुरोलाई “शुद्ध पार्ने” प्रक्रिया हो । यसलाई “धुनु” वा “चोखो तुल्याउनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • पुरानो करारमा कुन-कुन जनावरहरू “शुद्ध” थिए र कुन-कुन जनावरहरू “अशुद्ध” थिए भनी परमेश्‍वरले इस्राएलीहरूलाई बताउनुभयो । खान र बलिदानको लागि केवल शुद्ध जनावरहरूको प्रयोग गर्न अनुमति दिइएको थियो । यस सन्दर्भमा “शुद्ध” शब्दको अर्थ हुन्छ, कि जनावर बलिदानको प्रयोगको लागि परमेश्‍वरमा स्वीकारयोग्य छ ।
  • कुनै छालाको रोग भएको व्यक्‍तिलाई त्यस बेलासम्म अशुद्ध मानिन्थ्यो जुन बेलासम्म उसको रोग नसर्ने गरी चङ्गाइ हुँदैनथ्यो । त्‍यस व्‍यक्‍तिलाई पुनः "शुद्ध" घोषित गर्नको लागि,  छाला सफा शुद्ध गर्ने निर्देशनहरू पालन  गर्नुपर्थ्‍यो।
  • व्यक्‍तिलाई फेरि “शुद्ध” भनी घोषणा गर्न छालालाई शुद्ध पार्न निर्देशनहरू दिइएका थिए जसको पालना गरिनुपर्थ्यो ।

बाइबलमा "अशुद्ध" शब्‍दलाई लाक्षणिक रूपमा परमेश्‍वरले आफ्‍ना जहनरूलाई छुन,  खान वा बलिदान गर्न अयोग्‍य घोषणा गर्नुभएको कुराहरूलाई जनाउन प्रयोग गरिएको छ।

  • परमेश्‍वरले इस्राएलिहरूलाई कुन-कुन जनावरहरू "शुद्ध" र कुन "अशुद्ध" भनेर निर्देशन दिनुभयो। अशुद्ध जनावरहरूलाई खान वा बलिदानको लागि प्रयोग गर्न अनुमति थिएन्।
  • केहि छाला रोग भएका मानिसहरूलाई निको नभएसम्‍म "अशुद्ध" भनिन्‍थ्‍यो।
  • यदि इस्राएलिहरूले "अशुद्ध" कुरा छोएमा तिनिहरू आफैँलाई निश्चित समयको लागि अशुद्ध मानिनेछ।
  • परमेश्‍वरको आज्ञा अनुशार अशूद्ध कुराहरू नछुने वा नखाने कुराले इस्राएलिहरूलाई परमेश्‍वरको सेवाको लागि अलग राखिएको प्रमाणीत गर्दथियो।
  • यो शारिरक र धार्मिक अशुद्धता नैतिक अशुद्धताको प्रतिक पनि थियो।
  • अर्को लाक्षणिक भाषामा,  "अशुद्ध आत्‍मा" ले दुष्‍ट आत्‍मालाई पनि बुझाउँछ।

अनुवादका लागि सुझावहरूः

  • “शुद्ध” वा “चोखो” (फोहोर नभएको अर्थमा) को लागि प्रयोग गरिने सामान्य शब्दबाट यसको अनुवाद गर्न सकिन्छ ।
  • “विधिपूर्वक शुद्ध” वा “परमेश्‍वरको अगि स्वीकारयोग्य” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
  • “शुद्ध पार्नु” लाई “धुनु” वा “चोखो तुल्याउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “शुद्ध पार्नु” वा “चोखो तुल्याउनु” को लागि प्रयोग गरिएका शब्दहरूले आलङ्कारिक अर्थ पनि देओस् भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।
  • "अशुद्ध" शब्‍दलाई "शुद्ध नभएको" वा "परमेश्‍वरको नजरमा अयोग्‍य" वा "शारिरिक रूपमा शुद्ध" वा "अपवित्र भनि अनुवाद गर्न सकिन्‍छ।
  • भुतलाई अशूद्ध आत्‍माको रूपमा उल्‍लेख गर्दा, "अशुद्ध" लाई "दुष्‍ट" वा "अपवित्र" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • यस शब्‍दको अनुवादले आत्‍मिकि अशुद्धताको लागि अनुमति दिनुपर्छ। यसले कुनै पनि कुरालाई सन्‍दर्भ गर्न सक्षम  हुनुपर्छ जुन परमेश्‍वरले छुने, खाने, वा बलिदानको लागि अयोग्‍य घोषित गर्नुभयो।

(हेर्नुहोस्ः पवित्र, पवित्रता, अशुद्ध, बलिदान, भेटी)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ०७:२
  • उत्पत्ति ०७:८
  • व्‍यवस्‍था १२ः१५
  • भजनसंग्रह ५१:७
  • हितोपदेश २०:३०
  • इजकिएल २४ः१३
  • मत्ति २३ः२७
  • लूका ०५:१३
  • प्ररित ८ः७
  • प्ररित १०ः२७-२९
  • कलस्‍सी ३ः५
  • १ थेसलोनिकि ४ः७
  • याकूब ०४:८-१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1249, H1252, H1305, H2134, H2135, H2141, H2398, H2548, H2834, H2889, H2890, H2891, H2893, H2930, H2931, H2932, H3001, H3722, H5079, H5352, H5355, H5356, H6172, H6565, H6663, H6945, H7137, H8552, H8562, G01670, G01690, G25110, G25120, G25130, G28390, G28400, G33940, G36890