ne_tw/bible/other/curtain.md

3.3 KiB
Raw Permalink Blame History

पर्दा

परिभाषा:

बाइबलमा “पर्दा” शब्दले पवित्र वासस्थान र मन्दिर निर्माणमा प्रयोग गरिएको ज्यादै बाक्लो, भारी सामग्रीको टुक्रालाई जनाउँछ ।

  • छाना र किनारहरूका लागि चार तहका पर्दाहरूको प्रयोग गरेर पवित्र वासस्थानको निर्माण गरिएको थियो । यी पर्दाका ढकनीहरू वस्‍त्र वा जनावरका छालाहरूबाट बनाइएका थिए ।
  • पवित्र वासस्थानको आँगन वरिपरिको भित्ता निर्माणको लागि पनि वस्‍त्रका पर्दाहरू प्रयोग गरिएका थिए । यी पर्दाहरू “मलमल” को कपडाबाट बनाइएका थिए, जुन सनपाटबाट बनेका हुन्थे ।
  • पवित्र वासस्थान र मन्दिरको भवन दुवैमा पवित्रस्थान र महा-पवित्रस्थानको बिचमा बाक्लो पर्दा झुण्ड्याइएको हुन्थ्यो । येशू मृत्यु हुँदा यही पर्दा आश्‍चर्यपूर्ण तवरले दुई भागमा च्यातिएको थियो ।

अनुवादका निम्ति सुझावहरू:

  • आधुनिक समयका पर्दाहरू बाइबलमा प्रयोग गरिएका पर्दाहरूभन्दा धेरै फरक भएकाले फरक शब्द प्रयोग गर्नु वा पर्दाहरूलाई वर्णन गर्ने शब्दहरू थप्‍नु अझ स्पष्ट हुन सक्छ ।
  • सन्दर्भअनुसार, यस शब्दलाई अनुवाद गर्ने तरिकाहरूमा "पर्दाले ढाक्ने" वा "ढाक्ने" वा "बाक्लो कपडाको टुक्रा" वा "जनावरको छाला ढाक्ने" वा "कपडाको टुक्रा झुण्ड्याइएको" पर्न सक्छन् ।

(यो पनि हेर्नुहोस्: पवित्र स्थान, पवित्र वासस्थान, मन्दिर)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1852, H3407, H4539, H6532, H7050, G26650