ne_tw/bible/kt/holyplace.md

4.9 KiB

पवित्रस्थान, महा-पवित्रस्थान

परिभाषा:

बाइबलमा शब्दहरू “पवित्रस्थान” र “महा-पवित्रस्थान” ले पवित्र वासस्थान वा मन्दिरमा भएका दुईवटा कोठालाई जनाउँछन् । कहिले काहीँ “पवित्रस्थान” ले साधारणतया परमेश्‍वरको लागि अलग गरिएको कुनै पनि स्थानलाई जनाउँछ ।

  • “पवित्रस्थान” र “महा-पवित्रस्थान” पवित्र वासस्थान वा मन्दिरमा पर्खाल लगाइएका चोकहरूद्वारा घेरिएको भवनका कोठाहरू थिए । महा-पवित्रस्थानको प्रवेशमा बाक्लो, गर्‍हुङ्गो पर्दा झुण्ड्याइएको हुन्थ्यो ।
  • परमेश्‍वर प्रधान पूजाहारीसित भेट गर्न आउनुहुन्थ्यो जसले सबै इस्राएलीहरूको प्रतिनिधित्व गर्थे ।
  • प्रधान पूजाहारीलाई मात्रै महा-पवित्रस्थानभित्र प्रवेश गर्ने अनुमति थियो । एउटा बाक्लो, गर्‍हुङ्गो पर्दाले जो कसैलाई पनि प्रवेश गर्नबाट रोक्थ्यो ।
  • “पवित्रस्थान” पहिलो कोठा थियो जसमा दुईवटा कुरा थिएः धूपको वेदी र अर्पण गरिएको टेबुल जसमाथि रोटी राखिन्थ्यो ।
  • “महा-पवित्रस्थान” दोस्रो कोठा थियो जुन सबैभन्दा भित्री कोठा थियो र यसमा करारको सन्दुक राखिन्थ्यो ।
  • कहिले काहीँ “पवित्रस्थान” ले मन्दिर वा पवित्र वासस्थानको सम्पूर्ण संरचनालाई उल्लेख गर्छ ।

अनुवादका लागि सुझावहरूः

  • शब्द “पवित्रस्थान” लाई “परमेश्‍वरको निम्ति अलग गरिएको कोठा” वा “परमेश्‍वरलाई भेट गर्ने विशेष कोठा” वा “परमेश्‍वरको निम्ति छुट्टयाइएको स्थान” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “महा-पवित्रस्थान” लाई “परमेश्‍वरको निम्ति अलग गरिएको कोठा” वा “परमेश्‍वरलाई भेट गर्ने ज्यादै विशेष कोठा” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर शब्द “पवित्रस्थान” लाई “अर्पित स्थान” वा “परमेश्‍वरले अलग गर्नुभएको स्थान” वा “मन्दिरको संरचनामा भएको पवित्र ठाउँ” वा “परमेश्‍वरको मन्दिरको चोक” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः करारको सन्दुक, करारको सन्दुकका आदेशहरू, यहोवेको सन्दुक, पवित्र, पवित्रता, अलग गरिएको, पवित्र वासस्थान, मन्दिर)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ०६:१६-१८
  • प्रेरित ६ः१२-१५
  • प्रस्थान २६:३१-३३
  • प्रस्थान ३१:१०-११
  • इजकिएल ४१:१-२
  • एज्रा ०९:८-९
  • हिब्रू ०९:१-२
  • लेवी १६:१७-१९
  • मत्ती २४:१५-१८
  • प्रकाश १५:५-६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1964, H4720, H4725, H5116, H6918, H6944, G00400, G00400, G34850, G51170