ne_tw/bible/other/comfort.md

5.0 KiB
Raw Permalink Blame History

सान्त्वना, सान्त्वना दिने, सान्त्वना नपाएको

परिभाषा:

“सान्त्वना” र “सान्त्वना दिने” शब्दहरूले शारीरिक वा संवेगात्मक पीडा भोगिरहेका व्यक्तिलाई दिइने सहायतालाई जनाउँछन् ।

  • कसैलाई सान्त्वना दिने व्यक्तिलाई “सान्त्वना दिने” भनिन्छ ।
  • पुरानो करारमा परमेश्‍वर आफ्ना मानिसहरूप्रति कति दयालु र प्रेमिलो हुनुहुन्छ, र तिनीहरू दुःखकष्‍टमा पर्दा उहाँले तिनीहरूको मदत गर्नुहुन्छ भनी वर्णन गर्न “सान्त्वना” शब्दको प्रयोग गरिएको छ ।
  • नयाँ करारमा परमेश्‍वरले आफ्ना मानिसहरूलाई पवित्र आत्माद्वारा सान्त्वना दिनुहुने छ भनी बताइएको छ । सान्त्वना पाउनेहरूलाई दुःखकष्‍टमा परिरहेकाहरूलाई उही किसिमको सान्त्वना दिन सक्षम तुल्याइन्छन् ।
  • अभिव्‍यक्‍ति “इस्राएलका सान्त्वनादाता” ले आफ्ना मानिसहरूलाई छुटकारा दिन आउनुहुने मसीहलाई जनाउँथ्यो ।
  • येशूले पवित्र आत्मालाई विश्‍वासीहरूलाई सहायता गर्नुहुने “सान्त्वनादाता”को उल्लेख गर्नुभयो ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार, "सान्त्वना" लाई "पीडा कम गर्नुहोस्" वा "कसैलाई (कसैलाई) शोकलाई जित्‍न मद्दत गर्नु" वा "प्रोत्साहन दिनु" वा "ढाडस दिनु" भनी अनुवाद गर्न सकिन्छ ।
  • "हाम्रो सान्त्वना" जस्ता वाक्यांशलाई "हाम्रो प्रोत्साहन" वा "(कसैलाई) हाम्रो ढाडस" वा "दुःखको समयमा हाम्रो सहायता" भनी अनुवाद गर्न सकिन्छ ।
  • "सान्त्वनादाता" लाई "सान्त्वना दिने व्यक्ति" वा "पीडा कम गर्न मद्दत गर्ने व्यक्ति" वा "प्रोत्साहन दिने व्यक्ति" भनी अनुवाद गर्न सकिन्छ ।
  • पवित्र आत्मालाई "सान्त्वनादाता" भनिँदा, यसलाई "प्रोत्साहक" वा "सहयोगी" वा "सहायता र मार्गदर्शन गर्ने व्यक्ति" भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • "इस्राएलका सान्त्वनादाता" लाई "इस्राएललाई सान्त्वना दिने मसीह" भनेर अनुवाद गर्न सकिन्छ ।
  • "उनीहरूलाई सान्त्वना दिने कोही छैन" जस्ता अभिव्यक्तिलाई "कसैले पनि तिनीहरूलाई सान्त्वना दिएको छैन" वा "उनीहरूलाई प्रोत्साहन गर्ने वा मद्दत गर्ने कोही छैन" भनेर अनुवाद गर्न सकिन्छ ।

(यो पनि हे्र्नुहोस्: प्रोत्साहित गर्नु, पवित्र आत्मा)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H2505, H5150, H5162, H5165, H5564, H8575, G03020, G38700, G38740, G38750, G38880, G38900, G39310