ne_tw/bible/other/camel.md

2.1 KiB
Raw Permalink Blame History

ऊँट

परिभाषा:

ऊँट एउटा ठुलो चार-खुट्टे जनावर हो, जसको पिठिउँमा एक वा दुईवटा जुरो हुन्छन् । (यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

  • बाइबलको समयमा ऊँट इस्राएल र वरिपरिका क्षेत्रहरूमा पाइने सबैभन्दा ठुलो जनावर थियो ।
  • खास गरी मानिस र भारीहरू बोक्‍न ऊँटको प्रयोग गरिन्थ्यो ।
  • केही जातिहरूले ऊँटलाई मासु खानको निम्ति पनि प्रयोग गर्थे, तर इस्राएलीहरूले त्यसो गर्दैनथ्ये, किनभने ऊँट अशुद्ध र खान योग्य थिएन भनी परमेश्‍वरले भन्‍नुभयो ।
  • ऊँटहरू मूल्यवान् थिए, किनकि तिनीहरू बालुवामा द्रुत गतिमा हिँड्न सक्थे, अनि खाना र पानीविना केही दिनसम्म बाँच्‍न सक्थे ।

(यो पनि हेर्नुहोस्: भार, शुद्ध)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H1581, G25740