ne_tw/bible/other/burden.md

2.7 KiB
Raw Permalink Blame History

बोझ, भार, भारी, कडा परिश्रम, कडा परिश्रम, कथन

परिभाषा:

बोझ गर्‍हुङ्गो भारी हो। यसले शाब्दिक रूपमा जनावरले बोक्‍ने भौतिक भारीलाई जनाउँछ। “बोझ” शब्दका केही आलङ्कारिक प्रयोगहरू पनि छन्।

  • बोझले व्‍यक्‍तिले गर्नुपर्ने कठिन कर्तव्य वा महत्त्वपूर्ण जिम्मेवारीलाई पनि जनाउन सक्छ। उसले “गर्‍हुङ्गो बोझ” “बोकेको” वा “ओसारेको” भनिन्छ।
  • एक क्रूर शासकले आफूले शासन गरिरहेका मानिसहरूमाथि कठिन बोझहरू हालिदिन सक्छ। उदाहरणको लागि, उसले तिनीहरूलाई जबरजस्ती धेरै करहरू तिर्न लगाउँछ।
  • कसैको लागि बोझ हुन नचाहने व्‍यक्‍तिले त्यस व्‍यक्‍तिमा समस्या ल्याउन चाहँदैन।
  • व्‍यक्‍तिको पापको दोष उसको लागि बोझ हुन्छ।
  • “प्रभुको बोझ” ले आलङ्कारिक रूपमा “परमेश्‍वरबाट आएको सन्देश” लाई जनाउँछ, जुन अगमवक्ताले परमेश्‍वरका जनहरूलाई बताउनुपर्छ।
  • सन्दर्भमा आधारित रहेर “बोझ” शब्दलाई “जिम्मेवारी” वा “कर्तव्य” वा “गर्‍हुङ्गो भारी” वा “सन्देश” भनी अनुवाद गर्न सकिन्छ।

​बाइबलका सन्दर्भहरू:

  • २ थेसलोनिकी ३:६-९
  • गलाती ६:१-२
  • गलाती ६:३
  • उत्पत्ती ४९:१५
  • मत्ती ११:30
  • मत्ती २३:४

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H2960, H3053, H4614, H4853, H4864, H5445, H5447, H5448, H5449, H5450, H6006, G00040, G09160, G09220, G23470, G25990, G26550, G54130