ne_tw/bible/other/bread.md

4.0 KiB
Raw Permalink Blame History

रोटी

परिभाषा:

रोटी पिठोमा पानी र तेल मिसाएर चेप्‍टो आकार दिएर तयार पारिएको खाना हो । त्यो डल्लोलाई बाटुलो आकारको बनाएर त्यसलाई पकाइन्छ ।

  • "रोटीको चक्‍की" भन्‍ने शब्द आउँदा यसको अर्थ "रोटीको पत्र वा पात" हुन्छ ।
  • रोटीको चक्‍की सामान्यतया यसलाई फुलाउने केही कुरा यिस्टजस्ता वस्तुको प्रयोग गरिन्छ । थथापि, रोटीलाई खमीरविना पनि बनाउन सकिन्छ ताकि यो नफुलिओस् । यसलाई बाइबलमा “अखमिरी रोटी” भनिएको छ । प्राचीन इस्राएलीहरूले निस्तार-चाडको समयमा "अखमिरी रोटी" खान्थे ।
  • बाइबलीय समयमा धेरै मानिसहरूको लागि रोटी मुख्य खाना भएकोले, यो शब्द बाइबलमा सामान्य रूपमा खानालाई जनाउन पनि प्रयोग गरिएको छ । (See: अङ्‌गागीवाचन) धेरै पटक "रोटी" शब्दलाई "खाना" को रूपमा अनुवाद गर्न सकिन्छ ।
  • "उपस्थितिको रोटी" ले बाह्र वटा रोटीहरूलाई बुझाउँछ जसलाई पवित्र वासस्थान वा मन्दिरको भवनमा  परमेश्‍वरलाई बलिदानको रूपमा सुनको टेबुलमा राखिन्थे । यी रोटीहरूले इस्राएलका बाह्र कुलहरूको प्रतिनिधित्व गर्थे र पुजारीहरूले मात्र खान्थे । यसलाई “परमेश्‍वर तिनीहरूका माझ बास गर्नुहुन्थ्यो भनी देखाउने रोटी” भनी अनुवाद गर्न सकिन्छ ।
  • "स्वर्गबाटको ​​रोटी" भन्‍ने शब्दले इस्राएलीहरू मरूभूमिमा घुमफिर गर्दा परमेश्‍वरले दिनुभएको "मन्‍ना" नामक विशेष सेतो खानालाई जनाउँछ । येशूले आफूलाई पनि “स्वर्गबाट ​​आएको रोटी” र “जीवनको रोटी” पनि भन्‍नुभयो ।

(यो पनि हेर्नुहोस्: निस्तार, पवित्र वासस्थान, मन्दिर, अखमिरी रोटी, खमिर)

बाइबलका खण्डहरूः

शब्द विवरण

  • Strongs: H2557, H3899, H4635, H4682, G01060, G07400, G42860